५ वैशाख

पोखरा । ११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले भने उक्त सूचना भ्रामक रहेको जानकारी दिँदै परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको बताए।

यतिबेला राष्ट्रिय परीक्षा बोर्डको लेटरहेड बनाएर शुक्रबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको भनिएको छ।

तर, बोर्डले भने परीक्षा स्थगितबारे कुनै निर्णय नगरेको प्रतिक्रिया दिएको हो ।

बोर्डले आधिकारिक सूचनासमेत जारी गर्दै उक्त विषयमा ध्यानाकर्षण भएको जनाएको छ। अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने माथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाउँदै बोर्डले आधिकारिक वेबसाइट मार्फत् प्रवाह हुने सूचनामा मात्रै भर पर्न आग्रह गरेको छ।