१४ चैत्र

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद अवरोध गर्नु गलत भएको बताएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले सरकारले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीहरूको माग गलत भएको बताए ।