२० माघ
म्याग्दी । सहकारी ठगीका आरोपित म्याग्दी जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।
थापामाथि म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ ।

थापालाई गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो ।
थापा सहितको टोलीले सहकारीको रकम ढुकुटी खेलाउने, निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
एमालेबाट जिसस प्रमुख निर्वाचित उनी अहिलेसम्म पक्राउ परेका थिएनन् । गण्डक न्यूजवाट









