२५ साउन
पर्वत,खुर्कोट । लगातार परिरहेको अविरल हाडीघोप्टे वर्षाका कारण छमर्के,छिपछिपे कोटगाउं सडक जोखिममा परेको छ । सडकका विभिन्न ठाउंमा नसोचेको वर्षा भएकाले पानीको भलले सडक क्षतविक्षत वनाएको हो । छमर्केको जंगलवाट जाने सडकमा फाप्रेखोलाले खोल्साएर गाडी आवतजावत गर्ने अवस्थामा छैन । विचविचमा पहिरो झरेको र कोहि ठाउंमा सडक तलदेखि नै पहिरो गएकाले सडक टुड्गीने अवस्थामा पुगेको छ । केवादी खोला,छिपछिपेको घुम्तिनेर कुलोको भागवाट नै पहिरो गएकाले सडक नै टुट्ने अवस्थामा पुगेको छ ।


त्यसै गरि कालिका मा वी माथी रहेको पैहमुनी माथी वाट आएको पहिरोले नाली लगायत सडक नै भत्काएको छ । पुरखाल्टे सेतेनेपालीको घर नेर तल भिरवाट गएको पहिरोले नाली लगायत सडक नै टुड्गीने अवस्था भएको छ । आटीघरनेरको ढलान देखि तल झण्डै २५ मिटर तुरुन्तै सोलिड् गर्नुपर्ने भएको छ । माथी वाट आएको पहिरो नरोकिने हो भने गहते भन्ने वस्ती नै वगाएर ल्याउने अवस्थामा रहेको छ । गहते वस्तिका झण्डै ११ घर जोखिममा परेका छन् ।
अविरल छड्के हाडीघोप्टे पानी पर्नाले सडकको विजोग अवस्था वनाएको हो । आज कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले उक्त सडकको अवस्थाको वारेमा फिल्डमा नै पुगेर अनुगमन गर्नुभएको छ । फिल्डमा नै पुगेर अनुगमन गर्दै नगर प्रमुख जोशीले नगरको विपद व्यवस्थापन कोष र गण्डकी प्रदेशको विपद व्यवस्थापनको वजेट माग गर्ने जानकारी गराउनु भयो । उक्त कोष वाट केहि हद सम्म भए पनि समस्या समाधान हुने आशा व्यक्त गर्नुभयो । सडकको डिलमा जाली र माथि वाट आउने पहिरोलाई तुरुन्तै प्रोटेक्सन वाल लगाउनु पर्ने सुझाव दिनु भयो ।


अविरल वर्षाले सडक भत्काएको छ भने चालु आर्थिक वर्षमा संघिय र प्रदेश वाट उक्त सडकलाई कुनै वजेट विनियोजन भएको अवस्था छैन् । छमर्के छिपछिपे कोटगाउं हलहले सडकको नाम दिएर क्रमागत योजनामा नाम राखिएको र सधै साल वसाली वजेट विनियोजन भईरहन्छ भन्ने गरिएको थियो तर विगत २ वर्ष देखि क्रमागत हैन की सालवसाली केहि वजेट विनियोजन भएको थियो ।
विगत आ व ०७९÷०८० मा ६७ लाख संघिय सरकारको वजेट विनियोजन भएता पनि कालिन्जार मल्ल कन्ट्रक्सनले सडक निर्माण कार्य समयमा नगर्दा उक्त वजेट मध्ये उपभोक्ता समितिले आर्थिक वर्षको अन्त्यमा आएर २४ लाखको मात्र कार्य गर्न सफल भएको थियो । उक्त वजेट वाट गहते देखि आरुवोटको घर सम्म ४२७ मिटर सडक कालोपत्रे गरिएको थियो । त्यसै गरि प्रदेश सरकारवाट विनियोजित वजेट २० लाख वाट केवादी खोला माथी सडक चक्लावन्दि र जाली भर्ने कार्य गरिएको थियो ।
त्यसै गरि आ व ०८०÷०८१ मा गण्डकी प्रदेश सरकार वाट विनियोजित ४० लाख वजेटले आरुवोटको घर देखि गगनपानीको घुम्ति सम्म ३५० मिटर कालोपत्रे सम्पन्न गरिएको छ ।
ठेक्का पाएको निर्माण व्यवसायीले न समयमा कार्य सम्पन्न गर्ने न ठेक्का तोडिदिने केहि नगरेका कारण निर्माण व्यवसायीले ठेक्काको कार्य सम्पन्न नगरे सम्म उक्त स्थानमा अन्य निकाय वाट कार्य गर्न नपाएका कारण पनि सडकको दुरदसा भएको वडा अध्यक्ष लालकृष्ण वास्तोलाले वताउनु भयो । छिपछिपे देखि निर्माण कार्य गर्नुपर्नेमा ठेक्का लगाएको स्थानमा कार्य गर्न नपाएर उपभोक्ता समितिले गहते भन्दा माथी वाट कार्य गरेको देखिन्छ । जहांकी सडक निर्माण कार्य तलवाट गर्दा राम्रो हुने हो ।
यस चा लु आ.व मा कुनै सरकार वाट पनि वजेट विनियोजन नभएकाले सडकको विजोग अवस्था हुने उपभोक्ता समितिका सचिव राजु नेपालीले वताउनु भयो ।

उक्त सडकमा निर्माण कार्य हुदै गर्दा समिकोटमा अपराधिक मानसिकता भएका व्यक्तिहरुले सडक निर्माण कार्यलाई अवरुद्ध गर्नेगरि डोजरमा आगलागी समेत गरेका थिए । सडक निर्माणमा कसैले सहयोग नपुराओस भन्ने अपराधिको मानसकिता भएको देखिन आएको सचिव नेपालीले वताए । उक्त मुद्धा हाल जिल्ला प्रहरी कार्यालय पर्वतमा अनुसन्धानको क्रममा रहेको छ । केहि संकास्पद व्यक्तिहरुलाई सोधपुछ गरेको,तत्कालिन समयमा चलेका मोवाईलहरु ट्याक गरेर प्रहरीले शुक्ष्म अनुसन्धान जारी राखेको प्रहरी नायव उपरिक्षक खुमलाल भुसालले वताउनु भयो । अपराधि छिटै समातिने पनि जानकारी गराउनु भयो ।