१ असार
पर्वत । कुश्मा नगर पालिका वडा न ३ दुर्लुड्मा रहेको सुर्य प्रकाश माध्यामिक बिद्यालयका १ सय ३० जना विद्यार्थीलाई खेलकुद पोशाक वितरण भएको छ । रोजगारीको शिलशिलामा अमेरीकामा रहेका भुतपुर्व विद्यार्थी सुर्य वहादुर क्षेत्रीको सहयोगमा उक्त पोशाक वितरण भएको हो । वाल शिक्षा देखि १० कक्षा सम्म अध्ययनरत १ सय ३० विद्यार्थीका लागी उक्त पोशाक खरिद गर्नका लागी १ लाख ५६ हजार सहयोग गरेका थिए ।

विद्यालयका प्रधानध्यापक श्याम सापकोटा र सहप्रध्यापक वालकृष्ण शर्माको अनुरोधमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागी उक्त विद्यालयका भुतपुर्व विद्यार्थी सुर्य वहादुर क्षेत्रीले सहयोग गरेका हुन । आफ्नो खाजा खर्च कटाएर जोगाएको पैसा सहयोग गरेका हुन ।

कार्यक्रममा वोल्दै सुर्य वहादुर क्षेत्रीका वुवा शेर वहादुर क्षेत्रीले विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न र विद्यार्थीलाई हौसला प्रदान गर्नका लागी पोशाक वितरण गरिएको वताउनु भयो । बिद्यार्थीहरु हरेक विधामा अव्वल वन्न र वनाउनका लागी विद्यालय पोशाकले थप उत्प्रेरणा गर्ने वताउनु भयो । विद्यालयमा आवश्यक पर्ने अन्य कार्यहरुमा पनि हातेमालो गर्न तयार रहेको जानकारी गराउदै विद्यार्थीहरुको उत्तोरत्तर प्रगतीको कामना गर्नु भएको थियो ।

कार्यक्रममा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्री, स्थानिय शक्ति वहादुर क्षेत्री लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

विद्यालयका प्रधानध्यापक श्याम सापकोटाले सहयोगी परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेख वहादुर गुरुड्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहप्रधानध्यापक वालकृष्ण शर्माले र संचालन शिक्षक कुलचन्द्र शर्माले गर्नुभएको थियो ।

वि स २०३७ सालमा स्थापना भएको उक्त विद्यालयमा १३० जना विद्यार्थी र १६ जना शिक्षक कर्मचारीहरु रहेका छन् । विद्यालयको खेलमैदान निर्माणधिन अवस्थामा रहेको छ । विद्यालयको भौतिक संरचना पुराना भवनहरु रहेका छन् । केहि भवनहरु निर्माण र मर्मत गर्नुपर्ने अवस्था देखिएको छ । बिद्यालयमा खानेपानीको चरम समस्या देखिएको छ । खुला रुपमा कार्यक्रम संचालन गर्नका लागी स्टेजको अभाव रहेको छ ।









