२८ चैत्र
पर्वत । पर्वत समाज जापानले पर्वतका आगलागी पीडित लाई राहत रकम वितरण गरेको छ । जापानमा रहेका नेपाली मार्फत सहयोग स्वरुप संकलन भएको ६० हजार रुपैयाँ पीडित परिवार लाई आज विहान वितरण गरिएको हो । चैत्र ७ गते आगलागीमा परेर घर क्षती भएका कुश्मा नगरपालिका ३ दुर्लुङका पुर्णप्रसाद शर्मा लाई ५४ हजार ५ सय, घरको पाली जलेका सोही ठाउँका मनमाया विक लाई ५ हजार ५ सय रुपैयाँ वितरण गरिएको थियो ।

उक्त रकम जापानमा रहेका रविन शर्मा र राजेन्द्र शर्माको सहजीकरणमा संकलन भएको थियो । पर्वत समाज जापानका महासचिव राम बास्तोलाको रोहवरमा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, कुश्मा नगरपालिका ३ दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्याले रकम हस्तान्तरण गर्नुभयो ।

समाजले आफ्नो परिवारको गाँस काटेर पीडित परिवार लाई सहयोग गरेको भन्दै नगरप्रमुख जोशीले सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कुश्मा नगरपालिकाले पीडित परिवारको पुनर्स्थापनाका लागि सहयोग जुटाउने तथा बिपद व्यवस्थापन कोषबाट राहतका लागि पहल गरेको जोशीले बताउनुभयो । वडाध्यक्ष तेजप्रसाद पाध्याले जापानमा बसेर जन्मभुमिको लागि चिन्ता गरेको भन्दै सहयोगी लाई वडाको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा कुश्मा नगरपालिकाका पुर्व वडाध्यक्ष यदुनाथ शर्मा बास्तोलाले पनि व्यक्तिगत रुपमा ५ हजार रुपैयाँ सहयोग गर्नुभयो । बास्तोलाले पुर्णप्रसाद लाई ३ हजार र मनमाया लाई २ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
सहयोगीहरुको नामावली र रकम ( जापानीज ऐनमा ) यसप्रकार छ ।
१) नवराज आचार्य – ३०००
२) सुभाष लामीछाने – ५०००
३)बिमल न्यौपाने – २०००
४) राजेन्द्र शर्मा – ५०००
५) राम प्रं बककास्तोला – ३०००
६) रमेश राज जैशी – ३०००
७) रबीन शर्मा – ३०००
८)अर्जुन लामीछाने – ३०००
९) बिकाश अबिलाशी – ३०००
१०)रेशम क्षेत्री – २०००
११)  बालकृष्ण रिजाल– ५०००
१२) मुक्ति राज रेग्मी – ३०००
१३) बिनोद न्यौपाने – २०००
१४) अज्ञात नेपाली – ३०००
१५) रामचन्द्र सापकोटा – ३०००
१६) राम बास्तोला –२०००
१७) संजित सुनार – २०००
१८ ) रामकृष्ण शर्मा – ५०००
१९) सुमन हमाल– १०००
२०) शिब शर्मा –५०००
२१) मोहन घले – ३०००
२२) मधु आचार्य – ३०००