१७ चैत्र
पर्वत खुर्कोट । कुश्मा नगरपालिका वडा नं. २ मा पर्ने छमर्के,खुर्कोट कोटगाउं सडकमा कार्य गरिरहेको डोजरमा आगोलागी भएको छ । हिजो राती अज्ञात समुहले काम गरेर सडकमा पार्किड् गरिएको डोजरमा आगलागी गरेको खुल्न आएको छ ।
अपराधिक मानसिकता वोकेका मानिसले छमर्के खुर्कोट कोटगाउ सडकमा काम गर्दैगरेको डोजरमा अगोलगाएर ध्वस्त वनाएका छन् । चैत १६ गतेराती आगो लगाएको छ । स्थानिय सेते नेपालीले आगो जलिरहेको देखे पछि सडक निर्माण समिति र जिल्ला प्रहरी कार्यालय पर्वतलाई खवर गरेका थिए । खवर पाउना साथ जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक खुमलाल भुषालको नेतृत्वमा टोली घटनास्थल गएको थियो ।

प्रहरी प्रमुख भुषालले घटनाको प्रारम्भिक अनुसन्धान शुरू गरेको जानकारी दिनु भयो। उहांले संभावित सड्कास्पद व्यक्तिहरुको पहिचान गरि शुक्ष्म अनुसन्धान गरिने जानकारी गराउनु भयो । विकास निर्माणको कार्यमा वाधा पु-याउने अपराधिलाई कुनै पनि अवस्थामा पत्ता लगाई कडा कार्वाही गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उक्त डोजरले कुश्मा न पा २ समिकोटको जंगलनेर सडकको चक्लावन्दी गर्ने कार्य गरिरहेको थियो । गण्डकी प्रदेश सरकार अन्तरगत पुर्वाधार विकास कार्यालय पर्वतको सहयोगमा उक्त सडकमा कार्य भईरहेको थियो । २०८१ असार मसान्त सम्म कार्य सम्पन्न गर्ने गरि ४० लाख रुपैया विनियोजन भएको छ ।

गोर्खा जिल्ला निवासी रविन्द्र अधिकारी को वा १ क ८३५९ नम्वरको चेनवला डोजर पुरै जलेर नष्ट भएको छ । समर्पण कन्ट्रक्सनको उक्त डोजर निर्माणस्थल मा नै अज्ञात समहुले आगो लगाएका हुन । कुश्मा नगरपालिका वडा १ सहश्रधारामा रहेको समर्पण कन्ट्रक्सनले डोजर, टिपरहरु भडामा उपलव्ध गराउने गरेको छ ।
कुश्मा नगरपालिका २ खुर्कोटमा विगतमा पनि ५ वटा टौवामा आगो लगाएका थिए । स्थानियले उक्त घटनामा संलग्न कसैलाई पनि पक्रन सफल नभएकाले अपराधिको मनोवल वढेको वताएका छन् । प्रहरी प्रशानसनले शुक्ष्म गतिमा अनुसन्धान अगाडी वढाई अपराधीलाई कडा कानुनी कार्वाही नगरेमा यस्ता घटना दोहोरीरहने स्थानियको भनाई रहेको छ ।
विकास निर्माणको काममा समेत यस्ता अपराधिले दुख दिने प्रहरी प्रशासन जहिले अनुसन्धान मात्र गरिरहने तर अपराधी उम्की रहने हो भने अन्य जघन्य घटना दोहोरीने अनुमान गर्न सकिने स्थानिय मोहन वास्तोलाले वताउनु भयो । यो अपराध मुटु दह्रो भएको अपराधिक सोच भएको व्यक्तिले गरेको स्थानियले अनुमान गरेका छन् ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक खुमलाल भुषाल,वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोला,वडा सदस्य भिमनिधि रेग्मी, सडक निर्माण समितिका अध्यक्ष गणेश वहादुर क्षेत्री,समर्पण कन्ट्रक्सनका रविन्द्र अधिकारी लगायत स्थानिय उपभोक्ताको उपस्थिति रहेको थियो ।









