८ चैत्र

दुलेगौंडा। तनहुँको प्रशिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर जाने सडक कालोपत्र भएको छ । दुलेगौंडाबाट करिव ५ किलोमिटर पर रहेको सो मन्दिर पुग्ने पुरा दुरीमा सडक कालोपत्र भएसँगै वर्षाको समयमा पनि तिर्थालुहरुलाई सहज हुने भएको छ ।

पछिल्लो समयमा शुक्लागण्डकी नगरपालिकाकाले ४ सय १७ मिटर कालोपत्र सम्पन्न गरेसँगै मन्दिरको पार्किङ क्षेत्रसम्म पुग्ने सडक पुरा भएको वडा नं. ९ का अध्यक्ष धन बहादुर पुलामी बाबुरामले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेशको ७८ लाख रुपैयाँको थप बजेटले मन्दिरको पार्किङ क्षेत्रबाट बाजथला जाने सडक कालोपत्र र ढलानको काम समेत भइरहेको छ ।