१५ मंसीर
खुर्कोट,पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं। २ साविक खुर्कोट –८ मा आगलागी भएको छ । हिजो विहिवार राती २ वजेर २४ मिनेट जांदा लगाईएको आगोले घरको नजिकै रहेको टौवा सखाव भएको छ । स्थानिय पुर्ण वहादुर क्षेत्रीको घर नजिकै रहेको परालको टौवामा अज्ञात व्यक्तिले आगो झोसरे भागेका थिए । त्यसको केहि समयमा छिमेकी घरमा सुतिरहेकी सीता क्षेत्रीले थाहा पाए पछि हारगुहार गरि छिमेकीलाई खवर गरेकी थिईन् । त्यतिवेला सम्म टौवामा आगोको मुस्लो निस्केको थियो । त्यसपछि छिमेकी प्रेम वहादुर खत्रीले हारगुहार गरेपछि गाउंले जम्मा भएका थिए । त्यस पश्चात जिल्ला प्रहरी कार्यालय पर्वतमा सुचना गरेपछि रातीको समयमा पनि डिएसपि खुमलाल भुषालले टेलिफोन रेस्पोन्स गरे पछि उहांले तुरुन्तै प्रहरीवल तयार गरि घटनास्थल तर्फ पठाई आगो नियन्त्रणमा सहयोग गर्नाले घरमा आगो लाग्नवाट जोगिएको स्थानिय मान वहादुर के सी।ले वताए । गाउंले र प्रहरीको समन्वयमा समयमा नै आगो नियन्त्रण गर्न सकिएकाले संगै जोडिएका घरवस्ती ध्वस्त हुन जोगाएको प्रहरी सहायक उपरिक्षक विष्णु अधिकारीले वताए । मानिस मस्त निन्द्रामा सुतिरहेको अवस्थामा आगो लगाउनु भनेको ज्यानमार्ने उद्धेश्य रहेको स्थानिय प्रेम वहादुर खत्रीले वताए । दोषि उपर छानमिन गरी कडा कार्वाहि गर्नु पर्ने गाउंलेहरुको भनाई रहेको छ ।
परालको टौवाको दक्षिण पट्टीको कोणवाट आगो लगाईएकाले तलवाट आगोको मुस्लो निस्कदै गर्दा मथिपट्टी रहेको घर र विजुलिको तारमा सिधै आगो लाग्न वाट जोगिएकाले पनि ठुलो क्षति हुन वाट जोगिएको स्थानिय ठाकुर वहादुर क्षेत्रीले वताए । घरमा मात्रै आगो सल्केको भए संगसगै जोडिएका ८,१० घर जलेर नष्ट हुने र संगै सुतिरहेका मानिसहरुको निसासिएर मृत्यूहुने अवस्था रहेको प्रहरीले वताएको छ । समयमा नै गाउले र प्रहरीको सकृयताले गाउंनै सखाव हुने र मानविय क्षती हुनवाट जोगिएको स्थानियले वताएका छन् ।
झण्डै १ लाख वरावरको क्षति भएको प्रहरी र स्थानियले अनुमान गरेका छन् । गाउंमा ड्रममा पानी संकलन भइरेको,धारामा पनि पानी आइरहेको, गाउंलेहरुको उल्लेख्य उपस्थिति र प्रहरीको उचित समयमा पुग्नाले पनि ठुलो धनजनको क्षति हुनवाट जोगाउन सफल भएको स्थानियको भनाई रहेको छ ।
दोषिलाई हदैसम्मको कार्वाहि गर्नुपर्ने घर धनी पूर्ण वहादुर क्षेत्रीको माग रहेको छ । शंकास्पद व्यक्तिहरुको नामावली संकलन गरि प्रहरीलाई वुझाउने कार्य भईरहेको छ । यस संवन्धमा स्थानियको माग वमोजिम थप अनुसन्धान गरि दोषिलाई कानुनी कार्वाहीमा ल्याउने कुरा प्रहरीले वताएको छ ।
यस अघि पनि उक्त स्थानमा पशल चोरी गर्ने,विवाहमा गेटमा राखेको गाग्री चोरी गर्ने लगायतका घटना भईरहेको गाउलेहरुले वताएका छन् ।









