१५ मंसीर
पर्वत । सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्वतको चौधौं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
वि स २०५६ सालमा स्थापना भएको सामुदायिक वचत तथा ऋण सहकारीले २४ औ वसन्त पारगरिसकेको छ । यस सहकारीमा ४४० जना सदस्य रहेका छन् । ३ करोड ४ लाख ५७ हजार ५ सय शेयर रकम रहेको सहकारीमा ९० लाख १६ हजार ८ सय ३४ रुपैया वचत रहेको छ । लगानीमा ४ करोड १९ लाख ९७ हजार ६ सय ९९ रहेको छ ।
यस संस्थाले आर्थिक बर्ष ८०/०८१ कालागी प्रस्तावीत वजेट ८ करोड ८१ लाख ३१ हजार ८ सय ३७ रुपैयाँ पारित गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि सहकारीका संस्थापक अध्यक्ष, पुर्व सांसद कांग्रेस नेता ऋषिकेश तिवारीले सहकारी स्थापना गर्ने समयको स्मरण गर्नुभयो । नेता तिवारीले आफुले स्थापना गरेको संस्थाले प्रगति गर्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सहकारी सामुहिक समृद्धिको माध्यम र समाजवादको एउटा पाटो रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा सल्लाहकार वसन्त बहादुर सिके, पृथ्वी नारायण शर्मा, शेयरसदस्यहरु शुभास पन्त, मानकुमारी गिरी लगायतले बोलेका थिए ।

सहकारीको संचालक समिती अध्यक्षमा गणेश बहादुर क्षेत्री,उपाध्यक्षमा जित नेपाली, सचिवमा लिलाधर तिवारी, कोषाध्यक्षमा, ओम प्रसाद गौडेल, सदस्यहरु पृथ्वीनारायण शर्मा, थानेश्रवर भुसाल, शोभा ढकाल, जानकी गौडेल निर्वाचित भएका छन । त्यस्तै लेखा समिति संयोजकमा जगन्नाथ शर्मा र सदस्य जगत सापकोटा रहेको निर्वाचन अधिकृत देवी प्रसाद विलासीले जानकारी दिनुभयो ।

सहकारीका अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षता भएको कार्यक्रममा स्वागत उपाध्यक्ष जीत बहादुर नेपाली
र संचालन सचिव लिलाधर तिवारीले गरेका थिए ।










