५ साउन
पर्वत,खुर्कोट । कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटका कृषक हरिनारायण सुवेदीले पशु विमाको ३६ हजार रकम प्राप्त गरेका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा शाखा र कुश्मा नगरपालिका वडा २ बिच भएको संझौता वमोजिम उक्त रकम प्राप्त गरेका हुन् । वडामा भएका गाई तथा भैसीको बिमा गर्ने सम्झौता भए वमोजिम विमा शुल्कमा लाग्ने ५० प्रतिशत रकम वडा बाट र ५० प्रतिशत रकम कृषक बाट लिने गरि बिमा कार्यक्रम सन्चालन गरिएको थियो । संझौता वमोजिम कृषक हरीनारायण सुवेदीको गाईको ४० हजार मुल्य भई ५ सय विमा रकम तोकिएको थियो । उक्त रकमको विमा शुल्क ५० प्रतिशत कृषकले वेहोर्नु पर्नेमा सुवेदीले २ सय ५० रकम भुक्तानी गरेका थिए भने वडा वाट २ सय ५० भुक्तानी गरिएको थियो ।
पशु विमा अन्तरगत सुवेदीको गाईको रु ४०००० को बिमा गरिएको थियो । विमा गरिएको पशु अचानक मृत्यू भएको थियो । मृत्यू भएको पशुको फोटो र मुचुल्का तयार गरि शिखर ईन्सोरेन्स कम्पनीले विमा वापतको रकम ३६ हजार भुक्तानी गरेको हो ।


उक्त विमा रकम हस्तान्तरण कार्यक्रम कुश्मा न पा वडा न २ को वडा कार्यलयमा भएको थियो । कार्यक्रममा वडा अध्यक्ष लाल कृष्ण बास्तोला, वडा सदस्य भिमनिधि रेग्मी, वडा सचीव हरी प्रसाद शर्मा, शिखर इन्स्योरेन्स क लि कुश्मा शाखाका प्रमुख प्रकाश पौडेल,गोबिन्द पौडेल र स्थानीय उपभोक्ताका बिच कार्यक्रम सम्पन्न भएको थियो ।
शिखर ईन्सोरेन्स कम्पनीले खुर्कोटका २१४ घरधुरीमा पशु विमा सम्पन्न गरेको छ । अन्य घरधुरीमा पनि विमा गर्ने प्रकृयामा रहेको वडा अध्यक्ष लालकृष्ण वास्तोलाले वताउनु भयो । पशु विमाको अवधि १ वर्ष रहेको छ । आगामी असार मसान्त पश्चात पुन नविकरण गर्नुपर्ने हुन्छ ।