१६ असार

पर्वत । नेपाली काँग्रेस पर्वतले बर्षायाममा बाढी पहिरोको कारण धनजनको क्षती हुने भएकाले सचेत रहन आग्रह गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतले आज जारी गरेको विज्ञप्तिमा बाढि पहिरोबाट जोखिमपूर्ण स्थान र खोलानालाको आसपासमा बस्ने सम्पूर्ण पर्वतवासी नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

साथै काँग्रेसले बढि जोखिम युक्त ठाउँमा साबधानीका उपाय अप्नाउन आग्रह छ । नेपाली काँग्रेस पर्वतका प्रवक्ता अच्युत तिवारीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,‘दैविक घटना आकस्मीक रुपमा घट्ने घटना भएकाले यस्तो अवस्थामा आम नागरिकको धनजनको सुरक्षा र उद्धारका लागि सहयोग पु¥याउनु हामी सबैको कर्तव्य हो । विशेष गरी हाम्रो जस्तो पहाडी भु–भागमा बर्षादको बेला खोलानालामा पानीको मात्रा बढ्न सक्ने भएकाले जोखिम सँर्गै दुर्घटना पनि सक्छ, त्यसकारण सावधानी अप्नाउन सवैलाई आग्रह गर्दछौँ।,’

प्रवक्ता तिवारीले विपद र दुःखमा परेका नागरिकलाई सहयोग गर्नु हामी सबैको दायित्व भएकाले आवश्यक राहात र उद्धारमा खट्न र बाढि पहिरो प्रभावित क्षेत्रमा बारेमा जिल्ला कार्यसमितिलाई जानकारी गराउन अनुरोध समेत गरेको छ ।

काँग्रेस पर्वतले यो अवधिमा खट्न सम्पूर्ण तहका नेता तथा कार्यकर्ताहरु र पार्टीका वडा समिति, नगर तगा गाउँ कार्यसमिति, क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र भातृ तथा शुभेच्छुक संस्थाहरुलाई निर्देशन समेत दिएको छ ।