३ असार
स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ सिउडबारीमा एक बालकको हत्या भएको छ ।
धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा १० वर्षीय हर्षित देवकोटाको शव अस्ती शुक्रबार घरदेखि टाढा खरबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
बालकको हत्या आरोपमा सिउडबारीका २२ वर्षीय सुजन चुवाई (सुवेदी) लाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । स्कुलबाट फर्किएका हर्षित बेपत्ता भएपछि खोजी थालिएको थियो । उनी गाउँकै स्कूलमा ५ कक्षामा अध्ययनरत थिए ।
हत्या भएका बालकको बुवा शाेभाखर देवकाेटा हाल वैदेशिक रोजगारीमा छन् । उनी परिवारको एक मात्र छोरा थिए । शाेभाखर र मीनाले बिहे गरेकाे २६ वर्षपछि हर्षित जन्मिएका थिए । परिवारकाे एकमात्र खुशी हर्षितकाे पाशविक तबरले हत्या गरेका सुजनलाई कडा कारबाहीकाे माग गरिएकाे छ ।
गाउँलेका अनुसार शुक्रबार सुजनले फिरफिरे बनाउन भनेर हर्षित लिएर खरबारी पुगेका थिए । प्रहरी श्राेतका अनुसार सुजनले हँसियाले ४३ पटक टाउकाेमा हान्दा पनि नमपरेपछि भीरबाट फालिदिएकाे बयान दिएका छन् । गण्डकन्यूजवाट









