२८ चैत

पर्वत । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसको नेतृत्वमा मुलुकलाई समुन्रतको उचाईमा लैजानु पर्ने बताएका छन् । नेपाली काँग्रेस पर्वतले आयोजना गरेको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै शर्माले समन्रत राष्ट्र निर्माणको दायित्व नेपाली काँग्रेसको काँधमा रहेको बताए ।

महामन्त्री शर्माले भने,‘काँग्रेसको नेतृत्वमा यो देशलाई समुन्रतको उचाईमा लैजानुपर्ने छ । जनताको विचमा काँग्रेसलाई बलियो बनाएर लैजानु भनेको देश बनाउने विषयलाई गति दिनु हो ।,’ उनले अहिले मुलुकमा एक खालको राजनितिक प्रतिकुलतामा छाएको बताउँदै काँग्रेसले सबै दललाई समेटेर नेतृत्व गरेको बताए ।

महामन्त्री शर्माले काँग्रेसले वोकेको विचारको पक्षमा अहिले सबै दल उभ्भिएका बताउँदै सबैलाई समेटेर काँग्रेसले अभिभावकिय भूमिका निर्वाह गरेको बताए । ‘हाम्रो परिकल्पना नेपाली काँग्रेसलाई बलियो बनाएर अर्को निर्वाचनमा एक्लै चुनाव लड्ने हो, त्यो संकल्प तपाईको मनमा पनि छ, मेरो पनि छ,’ । उनले काँग्रेसले जितेमा खुशी हुने र हारेमा दुःखी नहुन आग्रह गदै पार्टीलाई बलियो बनाउने सवलमा कहिल्यै अलमल र दोधारमा नपर्न कार्यकर्तालाई सुल्झाए ।

नेपाली काँग्रेसका निर्वतमान केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीलाई नयाँ विचार र सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले पुरानो गति र सोचबाट पाटी नचल्ने धारणा राख्दै पार्टीलाई गतिशिल बनाउन प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । नेता जोशीले पाटीलाई बलियो बनाउन आफ्ना कमीकमजोरीलाई स्वीकार गरेर अगाडि बढ्ने प्रयत्न गरिएन भने पाटीले मौका दिएपनि जनताले स्वीकार नगर्ने जिकिर गरे । दुई दिने प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा एकता बोध गराउन, अनुशासन बनाउन, पाटी प्रति विश्वास जगाउन र पाटीका कार्यकर्तालाई क्रियाशिल बनाउनका लागि प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताए ।


कार्यक्रममा नेपाली काँग्रस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द्र जोशी, नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीको सभापतित्वमा भएको कार्यक्रमको संचालन पाटी सचिव अशोक उच्चै ठकुरी र अर्का गुप्तनिधि शर्माले गरेका थिए ।

कार्यकर्ताको माग बमोजिम पार्टीको प्रशिक्षण विभागले यही चैत्र २७ र २८ गते कुश्मामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । प्रशिक्षणमा नेपाली काँग्रेसको सांगठनिक आधार ः विगत र वर्तमानसँगै लोकतान्त्रिक नेतृत्वको आचरण र व्यवहार, सांगठनिक सुदृढिकरण र कार्यकर्ताको दायित्वको नेपाली काँग्रेसको सरकारको नेतृत्वमा भएका विकासका आधारः विगत र वर्तमान सँगै मुलुकको आर्थिक समृद्धि र विकासका लागि काँग्रेसको आगामी कार्यदिशाको विषयमा प्रशिक्षण दिन लागिएको पार्टी प्रशिक्षण विभागका संयोजक तथा पार्टी उपसभापति डाक्टर चुडामणि शर्माले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, प्रदेशसभाका पदाधिकारीहरु, ७ वटा पालिकाका सभापतिहरु र भातृ तथा सुभेच्छुक संघसंस्थाका प्रमुखहरु सहभागी भएका छन् ।