२५ फागुन

पर्वत । एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित छात्रा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।अखिल नेपाल महिला संघ मोदी गाउँपालिकाले एक सय १३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘सभ्य समाज निर्माणमा महिलाहरुको भूमिका’ विषयमा माध्यमिक विध्यालय स्तरीय छात्रा वक्तृत्वकला प्रतियोगिता आयोजना गरीएको हो ।

सभ्य समाज निर्माणमा महिलाहरुको भूमिका कस्तो रहन्छ भन्ने विषयमा छात्रा वक्तृत्वकला प्रतियोगिता गरी महिलाहरुको आवाज बुलन्द पार्न यस कार्यक्रमको आयोजना गरीएको अखिल नेपाल महिला संघ मोदी गाउँपालिकाका अध्यक्ष सिता शर्माले बताईन ।

छात्रा वक्तृत्वकला प्रतियोगितामा प्रथम नवजागृत माविकी लिला शर्मा, द्धितिय पशुपति माविकी आयुष्मा गौतम, तृतिय हिमालय माविका छात्रा मेलिना विक भएका छन ।