१३ फागुन

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुगेर भेट गरेका हुन् ।

भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई आग्रह गरेका लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।

लामिछानेले पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् । दुई नेताबीच २१ मिनेट कुराकानी भएको थियो ।