४ फागुन
पोखरा । गण्डकी प्रदेश सरकारले आज बिहीबार प्रदेश स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा आज गण्डकी प्रदेशभरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको छ ।
गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक बिदा भएको हो ।
संघीय सरकारले दिएका बाहेक प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।









