१९ माघ
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् ।
बाइडेनले मोदीलाई राजकीय भ्रमणको निम्तो पठाएका हुन् । निम्तो भारतले पनि स्वीकार गरेको बताइएको छ ।
अहिले दुवै देशका अधिकारीहरूले भ्रमणको मिति तय गरिरहेका छन् । मोदीले यसै वर्षको जुन वा जुलाईमा अमेरिका भ्रमण गर्न सक्ने बताइएको छ । मोदीले यस वर्षको जी २० बैठकअघि अमेरिकाको भ्रमण गर्न सक्ने छन् ।









