१९ माघ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा युएई मूलका क्यानेडियन नागरिक ३५ वर्षीय मोहमद कमल मोहगोब रहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

विमानस्थल भन्सार कार्यालयका अनुसार फ्लाइ दुबईको एफ–२५७३ मार्फत काठमाडौं आएका उनलाई गएराति १२ बजे पक्राउ गरिएको हो । उनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।