६ माघ
कालिका माध्यामिक विद्यालय धनाधान्यचल कोष व्यवस्थापन समितिको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा २०६१ सालमा स्थापना भएको उक्त विद्यालयको कोषमा १ करोड २२ साल ४१ हजार ६ सय ७२ रुपैया रहेको छ । स्थापनाकालमा २६ लाख वाट शुभारम्भ भएको कोष वृद्धिभएर १ करोड २२ लाख पुगेको हो ।


उक्त कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले विद्यालयको भौतिक सुधारमा उल्लेख्य प्रगति भए पनि शिक्षण सिकाईमा सोचेजति प्रगति नभएको वताउनु भयो । विद्यालयमा संकलन भएको कोषलाई जम्मा मात्र गर्ने हैनकि त्यसलाई वालवालिकाको सिकाईमा प्रभाव पार्ने कार्यमा खर्च गर्न अनुरोध गर्नु भयो । विद्यालयलाई वडाको तर्फवाट गर्नुपर्ने सहयोगका लागी वडा कार्यालय तयार रहेको जानकारी गराउनु भयो ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन वहादुर रेग्मी,धनाधान्यचल कोष मुल समाहरोह समितिका अध्यक्ष हरि प्रसाद उपाध्याय,पूर्व अध्यक्ष राम वहादुर रेग्मी,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तिर्थप्रसाद शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा श्रीमतभागवत धनाधन्यचल लगाउने क्रममा २०६१ सालमा मुह समाहरोह समितिको अध्यक्षमा रहेर कार्य गर्नुभएका हरी प्रसाद उपाध्याय र १६ वर्ष सम्म कोषको अध्यक्ष भएर कार्य गर्नुभएका पूर्व अध्यक्ष राम वहादुर रेग्मीलाई प्रमाण पत्र, दोसल्ला,फुल मालाले सम्मान गरिएको थियो ।


वि स २०६१ सालमा प्रति सदस्य २ हजार रुपैया संकलन गरि ५१३ जना आयोजक सदस्य वनाएर उक्त कोष जम्मा गरिएको थियो ।


धनाधान्यचल कोषका अध्यक्ष गणेश वहादुर क्षेत्रीले कोषको तर्फदेखी सम्पन्न गरेका कार्य र आगामी वर्षका लागी कार्यक्रमहरु पेश गर्नु भएको थियो । कोषका कोषाध्यक्ष हरी प्रसाद शर्मा रेग्मीले आर्थिक प्रगती प्रतिवेदन पेश गर्नुभएको थियो ।


कोषका अध्यक्ष गणेश वहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सहायक प्रधानध्यापक देवराज शर्माले र संचालन विद्यालयका प्रधानध्यापक वावुराम शर्माले गर्नुभएको थियो ।