४ मंसीर
पर्वत । सिवाईसी बचत तथा ऋण सहकारी संस्था गुप्तेश्वर सेवा केन्द्र पर्वतको आज कुश्मामा १३ औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा वार्षिक गतिविधि, वार्षिक नीति तथा कार्यक्रम, आर्थिक तथा प्रगति प्रतिबेदन सार्वजनिक गरिएको छ ।
सिवाईसी साकोस सञ्चालक समितिका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पौडेलले देश नै अहिलेआर्थिक संकटमा गुज्रिरहेको बेला सहकारीहरु पनि समस्यामा रहेको बताउनुभयो । यद्यपी आफ्नो सहकारीका सेवा केन्द्रहरुको प्रगति भने सन्तोषजनक अवस्थामा रहेको पौडेलले बताउनुभयो ।
उहाँले सिवाईसी समूहले आगामी दिनमा सेवा केन्द्र थप्ने बारेमा पनि योजना प्रस्तुत गर्नुभएको थियो । गुप्तेश्वर सेवा केन्द्रका अध्यक्ष किशोर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, जेष्ठ नागरिक मन्चका अध्यक्ष लोकनाथ आचार्य, बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष शेषराज रेग्मी, कुश्मा नगरपालिका ६ का वडा अध्यक्ष ईश्वर गिरी, कुश्मा नगरपालिकाको सहकारी शाखाका प्रमुख ऋषिराम शर्मा, प्रेस यूनियन पर्वतका अध्यक्ष उत्तम अधिकारी, प्रतिफल बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष मोहन आचार्य, शेयर सदस्यको तर्फबाट सरस्वती शर्मा जिज्ञाशु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा केन्द्रका परामर्शदाता माधव पौडेलले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
त्यसै गरि हिजो खुर्कोट सेवा केन्द्रका अध्यक्ष् यदुनाथ शर्मा वास्तोलाको अध्यक्षमतामा खुर्कोटमा कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नं। २ का वडा अध्यक्ष लालकृष्ण वास्तोलाको प्रमुखआतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन समाजसेवी प्रेम प्रसाद रेग्मीले गर्नु भएको थियो ।








