४ पुस
पर्वत समाज जापानमा आवद्ध भएका पर्वतेलीहरुले असक्त,दुखमा परेका व्यक्तिहरुलाई सहयोग गरेका छन । समाजमा आवद्ध सदस्यहरुले आफुले कमाएको केहि अंश समाज सेवामा लगाएका छन् । यसै क्रममा कुश्मा नगरपालिका वडा नं २ अर्याल टोल निवासी छालाको क्यान्सरवाट पिडित दिर्पा पाध्याको उपचारका लागी हाल जापानलाई कार्यथलो वनाउदै आएका नेपालीहरु पर्बत समाज जापनका महासचिब राम प्रसाद बॅास्तोला, सदस्य शिव रेग्मिको नेतृत्वमा संङ्कलन गरी पठाएको नगद रु १,०४,३६२ कुश्मा नगरपालिका वडा नं २ का संस्थापक निबर्तमान वडा अध्यक्ष यदूनाथ शर्मा बास्तोलाले एक कार्यक्रमका विच हस्तान्तरण गर्नु भएको छ ।उक्त सहयोग रकममा यदुनाथ शर्मा वास्तोलाले ५ हजार थप सहयोग गर्नु भएको थियो । सहयोग लिदै क्याक्सर पिडित दिर्पा पाध्यका छोरा पोषनाथले सहयोगी सवैलाई धन्यवाद एवं आभार प्रकट गर्नुभएको थियो ।

त्यस्तै कुश्मा न पा २ निवासी माधब गिरी लाई पनि ६३२८२ नगद सहित १ थान ह्वील चियर प्रदान गरिएको छ । स्पाईनल इन्जोरी वाट पिडित माधव गिरी हिडडुल गर्न सक्ने अवस्थामा छैनान् । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा एन आर एन ए जापनका महासचिब सिद्धाथ श्रेष्ठ,पर्बत समाज जपानका महासचिब राम बॅास्तोला, कु न पा २ का संस्थापक वडा अध्यक्ष यदूनाथ बॅास्तोला,नेपाली कांग्रेस खुर्कोटका पार्टी सभापती तिर्थ प्रसाद शर्मा, कुश्मा नगरपालिका वडा नं। २ का पूर्व वडा सदस्य शान्ति शर्मा कुमाल, समाज सेवी घनराज रेग्मी, टंक प्रसाद अर्याल धु्र्ब अर्याल, कमल अर्याल,किष्ण रेग्मी, रमेश राज जैसि। रधुनाथ बॅास्तोला लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको संचालन समाजसेवी प्रेम प्रसाद रेग्मीले गर्नु भएको थियो । पर्वत सेवा समाज जापानले समाजमा रहेका असाह्य,विपन्न,सहाराविहिनलाई सहयोग उपलव्ध गराउदै आएको छ ।









