२७ मंसीर
पर्वत । पर्वत समाज जापानले शारीरिक अशक्त खूर्कोट ठेगाना भइ हाल कुस्मामा बस्ने ज्ञानेन्द्र बास्तोलाई ह्विलचियर प्रदान गरेको छ । ज्ञानेन्द्र बास्तोला वैदेशीक रोजगारीको शिलशिलामा दूर्घटनमा परि उनको खुट्टा नचल्ने अवस्थामा पूगेको हो । पर्वत समाज जापानका महासचिव राम बस्तोला र एनआरएन जापानका महासचिव सिद्धार्थ श्रेष्ठको पहलमा उत्त ह्विलचियर जापानबाट ल्याइएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा कुस्मा नगरपालिका २ खुर्कोटका संस्थापक वडाध्यक्ष यादूनाथ बास्तोला, पर्वत समाज जापानका सहकोषाध्यक्ष रमेशराज जैसी,एनआरएन जापानका महासचिव सिद्धार्थ श्रेष्ठ सहित स्थानीयहरुको उपस्थित थियो ।
पर्वत समाज जापानका महासचिव राम बस्तोलाका अनूसार समाजले अन्य अशक्त ब्यक्तिलाई समेत केहि दिनमा थप सामाग्री र आर्थिक सहयोगको तयारी भइरहेको जनाकारी दिएका छन् ।