२६ कार्तिक
हुवास, पर्वत । आसन्न मंशिर चार गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको चुनाव प्रचार प्रसार कार्यलाई थप प्रभावकारी वनाउनका लागि नेपाली कांग्रेस पर्वतद्वारा गठित जिल्ला स्तरीय निर्वाचन अनुगमन समितिले जिल्लाका विहादी, पयुँ र महाशिला गाँउपालिकाका पालिका स्तरीय अनुगमन सदस्य एवम् वडा संयोजकहरुको अभिमुखकिरण गोष्ठी उद्योग वाणिज्य सघ, हुवास उपशाखाको सभाहलमा सम्पन्न गरेको छ ।
अभिमुखिकरण गोष्ठीमा विषयवस्तु माथि प्रकाश पार्दै पाटी नेता एवम् समितिका संयोजक विश्व प्रकाश प्रसाईले नेपाली कांग्रेस लोकतान्तिक पाटी भएको र वर्तमान गठवन्धन लोकतन्त्र रक्षाको लागि गरिएको हुँदा शान्तिपुर्ण, मर्यादित र भय रहित वातवरणमा चुनाव सम्पन्न गरी गठवन्धनका उम्मेदवारलाई विजयी गराउन समितिका तहगत संरचनाहरुले पहल गर्नु पर्ने वताउनु भएको छ । समितिले पाटी भित्र र वाहिरावाट हुने अवान्छित क्रियाकलापहरुको निगरानी गर्दै मर्यादित निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउन भुमिका खेल्दै मर्यादित निर्वाचन भएमा गठवन्धनको विजय सुनिश्चित भएको वताउनु भयो । लोकतान्त्रिक गठवन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसले देशमा शिक्षा, स्वास्थ्य, विद्युत, सडक पुर्वधार लगायतका क्षेत्रमा असिमित कार्य गर्दै आएको र वर्तमान निर्वाचन पश्चात ती क्षेत्रमा अपुरा र अपुर्ण कार्यहरुलाई पुर्णता दिन गठवन्धनका उम्मेदवारलाई विजय गराउनु पर्नेमा जोड दिनु भयो । संविधानको रक्षा, राजनीतिक स्थिरता र राष्ट्रिय समृद्धीका लागि गठवन्धनलाई मतदान गर्नुपर्ने विषय हरेक मतदातासम्म पुर्याउनु पर्ने सवै वडा संयोजकहरुलाई प्रसाईले आग्रह गर्नु भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति चुडामणी शर्माले चुनाव अगाडी सवैले निस्वार्थ योगदान दिएमा गठवन्धनले जित्ने र विजय पश्चात कार्यकर्ता र जनता सवैको हितमा काम गर्ने वताउनु भयो । नेपाली कांग्रेस पर्वतका सचिव गुप्तनिधी शर्माले गठवन्धनको विजय सुनिश्चित भएता पनि चुनावलाई हलुका हाँक्न नहुने भन्दै अनुगमन समितिको महत्वपुर्ण भुमिका रहेको वताउनु भयो । पाटी सहसचिव तिलक प्रसाद भुषालले अनुगमन समितिको क्रियाशिलताले मर्यादित निर्वाचन सम्पन्न हुनेमा आँफु विश्वस्त रहेको वताउनु भयो । चुनाव प्रचार प्रसार समितिका जिल्ला सदस्य सचिव ओम प्रसाद शर्मा घायलले गठवन्धनलाई विजय गराउन पाटीका हरेक संरचनाहरु क्रियाशिल रहेको वताउनु भयो । कार्यक्रममा अनुगमन समितिका जिफ्ला सदस्य गणेश वहादुर क्षेत्री, नेपाल प्रेस युनियनका अध्यक्ष उत्तम प्रसाद अधिकारी, फनपा वडा नं। ३ का संयोजक कृष्ण प्रसाद शर्माले सवै नेता तथा कार्यकर्ताले आआफ्नो जिम्मेवारी पुरा गरेमा गठवन्धनको विजय निश्चित हुनेमा जोड दिनु भयो ।
अभिमुखिकरण गोष्ठी जिल्ला संयोजक विश्व प्रकाश प्रसाईको अध्यक्षता, जिल्ला अनुगमन समितिका सदस्य आनन्द भुषालको स्वागत एवम् अनुगमन सदस्य एक नारायण न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थिया ।









