२३ कार्तिक
कुश्मा, पर्वत । आसन्न मंशिर चार गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको चुनाव प्रचार प्रसार कार्यलाई थप प्रभावकारी वनाउनका लागि नेपाली कांग्रेस पर्वतद्वारा गठित जिल्ला स्तरीय निर्वाचन अनुगमन समितिले जिल्लाका कुश्मा, फलेवास नगरपाकिला, मोदी र जलजला गाँउपालिकाका ४२ जना पालिका सदस्य एवम् वडा संयोजकहरुको अभिमुखकिरण गोष्ठी मंगलवार वि.पी. स्मृती भवन कुश्मामा सम्पन्न गरेको छ ।
अभिमुखिकरण गोष्ठीमा विषयवस्तु माथि प्रकाश पार्दै पाटी नेता एवम् समितिका संयोजक विश्व प्रकाश प्रसाईले नेपाली कांग्रेस लोकतान्तिक पाटी भएको र वर्तमान गठवन्धन लोकतन्त्र रक्षाको लागि गरिएको हुँदा शान्तिपुर्ण, मर्यादित र भय रहित वातवरणमा चुनाव सम्पन्न गरी गठवन्धनका उम्मेदवारलाई विजयी गराउन समितिका तहगत संरचनाहरुले पहल गर्नु पर्ने वताउनु भएको छ । समितिले पाटी भित्र र वाहिरावाट हुने अवान्छित क्रियाकलापहरुको निगरानी गर्दै मर्यादित निर्वाचन सम्पन्न गर्न सहयोग पु-याउन भुमिका खेल्दै मर्यादित निर्वाचन भएमा गठवन्धनको विजय सुनिश्चित वताउनु भयो ।

लोकतान्त्रिक गठवन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसले देशमा शिक्षा, स्वास्थ्य, विद्युत, सडक पुर्वधार लगायतका क्षेत्रमा असिमित कार्य गर्दै आएको र वर्तमान निर्वाचन पश्चात ती क्षेत्रमा अपुरा र अपुर्ण कार्यहरुलाई पुर्णता दिंने वताउनु भयो । संविधानको रक्षा, राजनीतिक स्थिरता र राष्ट्रिय समृद्धीका लागि गठवन्धनलाई मतदान गर्नुपर्नेमा हरेक मतदातासम्म सन्देश पु-याउन सवै वडा संयोजकहरुलाई प्रसाईले आग्रह गर्नु भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सभापति खिम प्रसाद भुषालले चुनाव अगाडी सवैले निस्वार्थ योगदान दिएमा गठवन्धनले जित्ने र विजय पश्चात कार्यकर्ता र जनता सवैको हितमा काम गर्नेमा विश्वास्त रहन आह्वान गर्नुभयो । नेपाली कांग्रेस पर्वतका उपसभापति चुडामणी शर्माले गठवन्धनको विजय सुनिश्चित भएता पनि चुनावलाई हलुका हाँक्न नहुनेमा जोड दिनु भयो । पाटी उपसभापति शिव सुवेदीले अनुगमन समितिको क्रियाशिलताले मर्यादित निर्वाचनमा आँफु विश्वस्त रहेको भन्दै भयरहित तवरले पनि चुनाव जित्न सकिने उदाहरण प्रस्तुत हुने वताउनु भयो । पाटी सचिव गुप्तनिधी शर्माले गठवन्धनलाई विजय गराउन पाटीका हरेक संरचनाहरु क्रियाशिल रहेको वताउनु भयो । कोषाध्यक्ष हेम शर्मा पौडेलले सवैले आआफ्नो जिम्मेवारी पुरा गरेमा गठवन्धनको निश्चितमा जोड दिनु भयो ।
अभिमुखिकरण गोष्ठीमा नेपाल प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारी लगायत सवै पालिकाका सदस्य एवम् वडा संयोजकले आआफ्नो वडाको वर्तमान अवस्थाको वारेमा संक्षिप्त जानकारी प्रस्ुतत पेश गर्नु भएको थियो । अभिमुखिकरण गोष्ठी जिल्ला संयोजक विश्व प्रकाश प्रसाईको अध्यक्ष, जिल्ला कार्य समिति सदस्य एवम् अनुगमन समितिका सदस्य सावित्री खत्री क्षेत्रीको स्वागत एवम् अनुगमन सदस्य गणेश वहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।









