६ कार्तिक
पर्वत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्ेमदवारी दर्ता गराएका उम्मेदवार र दलहरु चुनावी प्रचार प्रसार अभियानमा सक्रिय बनेका छन् । नतिजा आ–आफ्नो पोल्टामा पार्नका लागि उम्मेदवारी दिएका सवै दलहरु यतिवेला गाउँ केन्द्रीत बनेका छन् । मतदातालाई भेट्ने, कोण सभा गर्ने आफ्ना चुनावी एजेण्डा र प्रतिवद्धताहरु मतदातासमक्ष राख्न उनिहरुलाई भ्याईनभ्याई छ ।
यसैबीच नेकपा एमालेको चुनावी प्रचार प्रसार अभियान आजदेखि प्रदेश ख मा शुरु भएको छ । प्रदेश ख अन्तर्गत विहादी गाउँपालिकाको वडा नं. १ बाच्छा र बर्राचौरमा घरदैलो, भेटघाट तथा कोणसभा सम्पन्न भएको छ । सो अवसरमा मतदाताहरुलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले विगत पाँच वर्षको कार्यकालमा भएको विकास निर्माणको कामलाई हेरेर आफुलाई मत दिन आग्रह गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा चिसापानीदेखि खहरेखोला सम्मको अधिकांस सडक कालोपत्रे भैसकेको र बाँकी रहेको सडक समेत कालोपत्रे हुने चरणमा रहेको बताउनुभयो । उहाँले एमालेकै पहलमा कालीगण्डकी लोकमार्गको काम अन्तिम चरणमा पुगेको बताउँदै अब ग्रामीण सडकहरुलाई पनि स्तरोन्नती गर्दै क्रमश कालोपत्रे गर्ने काममा आफु सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले घर घरमा खानेपानीपानी पु¥याउने योजना धेरैजसो सकिएको भएपनि अुधरा रहेका केहि काम आगामी कार्यकालमा सम्पन्न गर्नका लागि पनि आफुलाई बिजयी बनाउन उहाँले आग्रह गर्नुभयो ।
सो अवसरमा प्रदेश सभा खका उम्मेदवार मित्रलाल बस्यालले आफु राजनीतिमार्फत यो क्षेत्रमा धेरै योगदान गर्दै आएको बताउँदै एकपटक सत्ता पुगेर नागरिकको सेवा गर्ने अवसर दिन आग्रह गर्नुभयो । उहाँले एमालेले निर्वाचन जितेमात्र यस क्षेत्रका नागरिकले अपेक्षा गरे अनुसारको विकास हुने बताउँदै अन्यथा सँधै पछाडि पर्नुपर्ने अवस्था आउने समेत बताउनुभयो । चुनावी अभियानमा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, पूर्व मन्त्री विकास लसाल, गण्डकी प्रदेश कमिटिका उपसचिब मन्जु अधिकारी, सचिबालय सदस्य मनोहर वि पौडेल, प्रदेश सदस्य कमल भुसाल, जिल्ला अध्यक्ष राजु पौडेल, निर्वाचन परिचालन कमिटिका संयोजक पदमपाणी शर्मा, जिल्ला सचिब गोविन्द पहाडी, प्रचार प्रसार संयोजक जीवन उच्चै ठकुरी लगायतका नेताहरुको सहभागिता रहेको छ ।
यता प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम मोदी गाउँपालिका वडा नं. १ भुकमा भएको छ । स्थानीय मतदाताहरुको उत्साहजनक उपस्थितिमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै उम्मेदवार भक्त कुँवरले आफु मोदीकै धर्तिपुत्र भएकाले यस क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
यसैगरी सत्ता गठवन्धनका नेताहरुको चुनावी कार्यक्रम पैंयुको सरौखोला र भोर्लेका विभिन्न बस्तीमा सम्पन्न भएको छ । गठवन्धनवाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशी र प्रदेश ख का उम्मेदवार ऋषिकेश तिवारीले घरदैलो तथा कोणसभा र भेटघाट कार्यक्रमलाई तीब्रता दिनुभएको हो । भने क्षेत्र क का उम्मेदवार सुदिप कुँवरको चुनावी कार्यक्रम कुश्मा–१० पिपलटारीमा सम्पन्न भएको छ ।









