२९ असोज
पर्वत । चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रमका लागि पर्वतको जलजला गाउँपालिका पुगेका ६ दलीय गठबन्धनका साझा उम्मेदवार (प्रतिनिधी सभा सदस्य) अर्जुनप्रसाद जोशीलाई पण्डित पुरोहितले मन्त्री बन्न आर्शिवाद दिएका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जलजला गाउँपालिका–८ नाग्लिवाङमा पुगेका जोशीले नाग्लिवाङ स्थित शालिकराम आश्रममा गई पण्डित पुरोहित (गुरु)हरुको आर्शिवाद लिनुभएको थियो । आश्रमका पण्डित टिकाराम गुरुले टिका लगाईदिँदै टाउको हात राखेर आर्शिवाद दिँदै भने,‘जीत निश्चित छ, चुनाव जितेर मन्त्री हुनु ।
त्यस्तै गठबन्धनबाट प्रदेश सभा क बाट (प्रदेश सभा सदस्य) उम्मेदवार बन्नुभएका सुदिप कुवँरलाई पनि पण्डित टिकारामले अत्याधिक बहुमतले बिजयी हुनु भन्दै आर्शिवाद दिएका छन् । पीण्डित टिकाराम यस क्षेत्रका नामुक पण्डित हुन् ।
उम्मेदवारहरुले आश्रममा गई पण्डितहरुबाट आर्शिवाद लिएपछि घरदैलो कार्यक्रमको शुरुवात गरेका थिए ।









