१ असोज
पर्वत । कुश्मा नगरपालिका वडा नं २ अर्याल टोल निवासी दिर्पा पाध्यालाई पर्वत सेवा समाज न्यूयोर्कले सहयोग गरेको छ । पर्वत जिल्लामा जन्मेर अमेरीकाको न्यूयोर्कलाई कर्मथलो वनाएका नेपालीहरुले बि पि कोइराला मेमोरियल अस्पताल भरतपुर चितवन मा छाला को क्यान्सर रोग वाट पिडित दिर्पा पाध्यालाई रु एक लाख सहयोग गरेको हो । उनि लामो समय देखी छालाको रोगवाट पिडित वनेकी छन् । उपचारका लागी आर्थिक अभाव भए पछि पर्वत सेवा समाज न्यूयोर्कले सहयोग गरेको हो । उक्त सहयोग रकमलाई आज एक कार्यक्रमका विचमा कुश्मा नगरपालिका वडा न २ का वडा अध्यक्ष लालकृष्ण वास्तोलाले उनका छोरा पोषनाथ अर्याललाई हस्तान्तरण गरे ।

हस्तान्तरण पश्चा वडा अध्यक्ष वास्तोलाले पर्वत जन्मेर विदेशी भुमीमा पसिना वगाएको रकमले सहयोग गरेकोमा पर्वत सवा समाज न्यूयोर्कलाई धन्यवाद दिए । उनले यसै गरि अन्य नेपाली दाजुभाइृहरुले पनि विरामीलाई सहयोग गर्न अनुरोध गरे ।

आर्थिक अवस्था कमजोर रहेको दिर्पाको परिवारमा एक छोरा र श्रीमान रहेका छन् । श्रीमान टिकाराम अर्याल पनि विगत लामो समय देखी विरामी रहेका छन् दुवै वावु आमा विरामी भए पछि छोरा पोषनाथ अर्याल वैकको जागिर छाडेर वावा आमाको उपचारका लागी खटेका छन् ।
उनको आम्दानीको अरु श्रोत नभएकाले सहयोगी नेपाली मनहरुलाई उपचारका लागी थप सहयोग गर्न आग्रह गरेका छन् ।