१ असोज
वि स २०५७ सालमा शुभारम्भ भएको छमर्के ,छिपछिपे कोटगाउं हलहले सडकको उपभोक्ता समिति गठन भएको छ । आज कुश्मा नगरपालिका वडा नं २ खुर्कोटका वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाको अध्यक्षतामा सम्पन्न भेलाले गणेश वहादुर क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा यम वहादुर क्षेत्री,सचिव राजु नेपाली,कोषाध्यक्ष ईन्दिरा देवी शर्मा,सदस्यहरुमा मान वहादुर क्षेत्री,टोम प्रसाद चालिसे,निलकण्ठ शर्मा वास्तोला,रुपादेवी शर्मा,गितादेवी पौडेल क्षेत्री,राधिका क्षेत्री र कल्पना भारती पुरी रहेका छन् । त्यसै गरि वावुराम शर्माको संयोजकत्वमा योजना अनुगमन समिति गठन भएको छ । सदस्यहरुमा तेज वहादुर क्षेत्री र अर्जुन नेपाली रहेका छन् ।

उक्त सडकलाई वहुवर्षिय रुपमा स्तरउन्नति गरी नालि सहितको कालोपत्रे गर्ने जिम्मेवारी दिएको वडा अध्यक्ष लालकृष्ण शर्माले वताए । उक्त भेलालाई संवोधन गर्दै वडा अध्यक्ष वास्तोलाले साविकका ५ वटा वडालाई अति आवश्यक पर्ने उक्त सडकलाई कालोपत्रे गर्न सक्दो प्रयास गर्ने वताए । संघ र प्रदेश सरकारवाट विनियोजित रकमको समयमा नै खर्च गरि थप कार्यका लागी वजेट माग गर्ने वताए । उपभोक्ता समिति संग नजिकको सम्वन्धमा रहेर उक्त सडकलाई नालि सहितको कालोपत्रे गर्न वडाले पहिलो प्राथमिकता दिने वताए ।

कुश्मा नगरपालिका वडा नं २ खुर्कोटका साविक वडाहरु ५,६,७,८ र ९ का उपभोक्ताहरुका लागी अतिआवश्यक पर्ने उक्त सडकको वारेमा भएको भेलामा उपभोक्ताहरुले २०५७ सालमा शुभारम्भ भएको सडक हाल सम्म किन कालोपत्रे हुन नकेन,संघ र प्रदेश सरकारवाट विभिन्न समयमा रकम विनियोजन भएता पनि उक्त रकमको सहि सदुपयोग हुन नसकेको, निर्माण व्यवसायी वाट पनि समयमा नै तोकिएको कार्य सम्पन्न हुन नसकेको लगायतका गुनासा राखेका थिए । ठेकेदार वाट कार्य गर्नुभन्दा उपभोक्ता समिति मार्फत कार्य गरेमा थप प्रभावकारी हुने वताएका थिए । विगत आर्थिक वर्षमा समेत प्रदेश र संघ सरकारवाट झण्डै ४ करोड रकम विनियोजन भएको,वडा र कुश्मा नगरपालिका वाट समेत वजेट विनियोजन भएको थियो । उक्त भेलाले छमर्के देखी नालीकटान,सडक चक्लावन्धि लगायतका कार्य गर्ने र ठेक्काको वांकी काम छिपछिपे हुदै माथी ग्रावेल र ढलानको कार्य गर्ने निर्णय गरेको छ । २ वटै स्थान वाट एकसाथ कार्य अगाडी वढाउने सहमती भएको छ ।
आर्थिक वर्ष ०७८/०७९ मा विनियोजित २ करोड रकम मध्ये टेण्डर वाट ९५ लाख ७५ हजार ८ सय ८८ रुपैयाको संझौता रामकृष्ण कालिन्जर मल्ल कन्ट्रक्सन गरेको थियो । उक्त ठेक्का रकम वाट ५७ लाख ५५ हजार वारावरको कार्य सम्पन्न भएको र वांकी कार्यर वजेट आगामी आर्थिक वर्षका लागी दायित्त सरेको छ । संघिय सरकारको विगत आवको वजेट २ करोड मध्येको रकम फ्रिज भई चालु आवमा विनियोजित रकम वाट उक्त कार्यको भुक्तानी दिने गरि दायित्त सरेको देखिन्छ ।

यस आर्थिक वर्ष ०७९/०८० का लागी संघिय सरकार वाट १ करोड १७ लाख र प्रदेश सरकार वाट २० लाख वजेट विनियोजन भएको छ । संघिय सरकार वाट विनियोजित वजेट वाट विगत आर्थिक वर्षमा लगाएको ठेक्का रकमको भुत्तानी दिन वांकी रकम भुक्तानी दिई वांकी रकमले थप कार्य गर्न सकिने सडक विभाग वाग्लुङले जनाएको छ । ५ करोड भन्दा माथिका योजनाहरु सडक विभागले हेर्ने र त्यो भन्दा तलका योजनाहरु जिल्ला पूर्वाधार विकास कार्यालय पर्वतले हेर्ने गरि नेपाल सरकारले नितिगत निर्णय गरेकाले उक्त संघ सरकारका योजनाहरु पुर्वाधार विकास कार्यालयलाई हेण्डओभर गर्ने तयारीमा रहेको छ ।
आज भएको उक्त भेलमा वडा सदस्यहरु भिमनिधि रेग्मी,गिता शर्मा र निरुता परियारको उपस्थिति रहेको थियो । साविक ५ देखि ९ वडाका झण्डै ८० जना उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।









