२९ भदौ
पर्वत । ५८ औ वालविसको अवसरमा कुश्मा नगरपालिका वडा नं. २ ले २ वटा विद्यालयमा सिसी क्यमरा उपलव्ध गराएको छ । वालवालिकाको अध्ययनमा थप सहयोग पु-याउन लागी सीसी क्यामरा उपलव्ध गराएको हो । विद्यालयको प्रशासन संचालन र विद्यालयमा हुनसक्ने अवान्छित घटनालाई कम गर्नका लागी सिसी क्यामराले सहयोग गर्ने वडा अध्यक्ष लालकृष्ण वास्तोलाले वताए ।


हिमालय माध्यामिक विद्यालयमा ८ वटा र कालिका माध्यामिक विद्यालयमा ५ वटा सिसी क्यामरा हस्तान्तरण गरेको वडा अध्यक्ष लालकृष्ण वास्तोलाले वताए ।
उक्त सिसी क्यमरा हस्तान्तरण कार्यक्रममा हिमालय मा वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषराज रेग्मी र विद्यालयका प्रधानध्यापक माधव प्रसाद रेग्मी,वडा सदस्यहरु भिमनिधि रेग्मी,गिता शर्मा र निरुता परियार लगायतको उपस्थिति रहेको थियो ।


त्यसै गरि कालिका माध्यामिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन वहादुर रेग्मी,प्रधानध्यापक वावुराम शर्मा, कालिका मा वि धनाधन्यचल कोष व्यवस्थापन समितिका अध्यक्ष गणेश वहादुर क्षेत्री,राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रिय सदस्य दिनेश शर्मा,जनप्रतिनिधिहरु र विद्यालयका शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


कालिका मा वि का प्रधानध्यापक वावुराम पौडेलले सीसी क्यामरा हस्तान्त्रण गरिदिएकोमा वडा परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए । दुईवटै विद्यालयमा झण्डै २ लाख रुपैया वरावरको सिसी क्यामरा उपलव्ध गराईएको वडा सदस्य भिमनिधि रेग्मीले जानकारी दिए ।