२२ भदौं
पर्वत । नेपाली कांग्रेस केन्द्रले संचालन गरेको जनताको साथमा कांग्रेस अभियान अन्तरगत आज पर्वत जिल्लाका ६१ वटै वडामा एकै साथ दिउसो १ वजे शुभारम्भ गरेको छ । कांग्रेसले आगामी प्रदेश र संघको निर्वाचनलाई लक्षित गरि १५ दिने अभियान संचालन गरेको हो। भदौ १० गते वाट संचालन गरेको अभियान २४ भदौमा सम्पन्न हुदै छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिले जिल्लाका पालिका,प्रदेश,जिल्ला कार्यसमिति महाधिवेशन प्रतिनिधि शुभेक्षुक,भातृ संस्थाका नेता कार्यकताहरुलाई एकै साथ प्रतिनिधि तोकेर जिल्ला भर खटाएको छ । स्थानिय निर्वाचन पश्चात एकै पटक यतिधेरै नेता कार्यकर्ताहरु परिचालन गरि संगठनमा खटाएको पहिलो पटक हो ।

नेपाली कांग्रेस पर्वतले स्थानिय तहको समिक्षा पश्चात पार्टी संगठनलाई चलायमान वनाउनका लागी सवैलाई जिम्मेवारी दिएर परिचालन गरेको छ । संघ र प्रदेशको चुनावमा विजय हासील गर्नका लागी कांग्रेसले संगठन मजवुत वनाउन अभियान संचालन गरेको हो ।

यसै क्रममा कुश्मा नगरपालिका वडा नं.६ मा राजनैतिक संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस पर्वतका पूर्व पार्टी सभापती नवराज गुरुङ्गले नेपाली कांग्रेसले नै यो मुलुकका ठुला ठुला परिवर्तनको नेतृत्व गरेको जानकारी गराउनु भयो । महामानव विपि कोईरालाले जनताको घर घरमा जाउ,जनताको समस्या वुझ,एकपेट खान र एकसरो लगाउन कहि कसैलाई समस्या नहुने समाज निर्माण गर भन्ने भनाईलाइ स्मरण गर्दै त्यसै कारण कांग्रेस जनताको साथमा रहेको धारणा राख्नु भयो । कांग्रेसले नै यो मुलुकको समृद्धि र विकास गर्ने धारणा राख्दै संघ र प्रदेशमा वहुमत ल्याउने गरि सवैलाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । एक फरक प्रसड्गमा संघ र प्रदेशको चुनावका लागी आकांक्षी धेरै भए पनि टिकट पाउने एक जना भएकाले जस्ले पार्टीवाट टिकट प्राप्त गर्छ उसलाई नै सवैले सहयोग गरि जिताउनुपर्ने धारणा राख्नु भयो । पर्वत कांग्रेस एकतावद्ध भएर चुनावमा जान लागेको धारणा राख्नु भयो ।

कार्यक्रममा जिल्ला प्रतिनिधि एवं लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादुर क्षेत्रीले नेपाली कांग्रेसको सांगठानिक निकायको तल्लो निकाय टोलकार्यसमितिलाई सकृय वनाउनु पर्ने धारणा राख्नुभयो । घर घर र टोल टोलमा पुगेर व्यक्तिगत र सामुहकि समस्या पहिचान गर्ने,नितिनिर्माण तहमा टोलका समस्या समाधानमा पहल गर्नुपर्ने धारणा राख्नु भयो । आगामी चुनावमा नयांउर्जाका साथ नयां ऐजेण्डा लिएर जानुपर्ने वताउनु भयो । महिला संघका जिल्ला सभापती मुना शर्मा लामिछानेले पार्टीमा आन्तरिक समस्या हुनसक्छन ति समस्याहरु पार्टी वैठकमा नै राख्ने र त्यहिवाटै समाधानको उपाय खोज्नुपर्ने वताईन । आगामी निर्वाचनमा सवै महिलाहरु एकजुट भएर लाग्नका लागी अनुरोध गरिन । त्यसै गरि कुश्मा नगर समितिका सदस्य एव जिल्ला प्रतिनिधि किरण लामिछानेले केन्द्रले वडामा संपादन गर्नुपर्ने कार्यहरुको वारेमा जानकारी गराएका थिए । वडाले हरेक दिन टोल टोलमा केहि न केहि कार्यक्रम सम्पन्न गर्नुपर्ने वताए । कांग्रेसलाई नयां जोशका साथ चुनावमा लाग्नेगरि तयारी गर्न आग्रह गरे ।

वडा सभापती मानसिंह भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमा स्वागत महिला संघका वडा सभापती अनिता सापकोटा चापागाईले र संचालन सचिव रामु शर्माले गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले कांग्रेस नयां एजेण्डा र उत्साहका साथ चुनावमा जानुपर्ने,पार्टीभित्र स्थानिय वडाले गरेको सिफारीस वमोजिम नगर,क्षेत्र र जिल्ला कार्यसमितिले कार्य गरिदिनुपर्ने लगायतका सुझाव पेश गरेका थिए ।









