१ भदौं
पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटका दुवै मृगौला पिडितलाई सहयोग हस्तान्तरण गरिएको छ । साबिक खुरकोट ९ निवासी जुना कुमारी रेग्मीको उपचारका लागी १ लाख १२ हजार ७ सय ११ रुपैया हस्तान्तरण गरिएको हो । जुना कुमारी रेग्मी विगत एक वर्ष देखी दुवै मृगौला फेल भएर साप्ताहिक डायलसिस गरेर उपचार गरिरहनु भएको छ । मृगौलाको उपचार गर्दा गर्दै मुटुमा समेत समस्या देखिएको छ ।
आर्थिक अवस्था कमजोर भएका रेग्मी परिवारका लागी १ लाख १२ हजार ७ सय ११ रुपैया ठुलो सहयोग भएको छ । उक्त सहयोग रकम वंश गोपाल परिवारको तर्फदेखी तेजेन्द्र पौडेल,भवदत्त पाध्या,खेमलाल जैसी,नारायण दत्त उपाध्याय,नारायण  पौडेल र यम प्रसाद शर्माले मृगौला पिडित जुना कुमारी रेग्मीलाई हस्तान्तरण गरेका थिए ।
गोपाल वंश परिवारमा जन्मीएकी जुना कुमारी रेग्मीलाई वंशजका दाजुभाईहरुले रकम संकलन गरेका थिए । हाल अमेरिका रहेका वावुराम शर्मा,शेषकान्त शर्मा गोविन्द,सून्दरपौडेल,सुर्य पौडेल,विक्रम पौडेल,सुर्य पौडेल लगायत र नेपालमा रहेका ज्योतिस कमल पौडेल,कमल पौडेल,तेजेन्द्र पौडेल,वालकृष्ण पौडेल तिर्थ पौडेल भगदत्त पाध्या,प्रेम प्रकाश पौडेल लगायतले रकम संकलन गरेका थिए ।
४२ वर्षिय रेग्मीको उपचारमा थप सहयोग पुगोस भनेर उक्त रकम हस्तान्तरण गरिएको तेजेन्द्र पौडेलले वताउनु भयो । रेग्मी परिवारमा ससाना २ छोराहरु छन भने एक छोरिको विवाह भैसकेको छ । घरमा खेती किसान गरेर जिविकोपार्जन गर्दै आएका रेग्मी परिवारमा उपचारका लागी आर्थिक अभाव रहेको छ । सहयोगी दाताहरुलाई थप सहयोगका लागी जुना देवी रेग्मीका श्रीमान चेत वहादुर रेग्मीले अनुरोध गरेका छन् ।