२७ साउन
पर्वत। नेपाली कांग्रेस पर्वतले साउन १४ गते देखि शुरुवात गरेको पार्टीका भातृ तथा सुभेच्छुक संस्थाहरु विचको अन्तरक्रिया कार्यक्रम विहिवार सम्पन्न भएको छ । पार्टीका दुई सुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एशोसिएसन, डिएल तथा लोकतान्त्रिक गैसस महासंघ, फेडेनसंग वि.पी. स्मृती भवन कुश्मामा अन्तरक्रिया भएसंगै अभियानको रुपमा सञ्चालित अन्तरक्रियाको कार्यक्रम सम्पन्न भएको हो ।

विहिवार आयोजित अन्तरक्रियामा वोल्दै नेपाली कांग्रेस पर्वतका निवर्तमान पाटी सचिव एवम् डिएलए पर्वतका अध्यक्ष विश्व प्रकाश प्रसाईले पाटीले भातृ तथा सुभेच्छुक संस्थामा विद्यमान क्षमताको पहिचान गरी परिचालन गर्नुपर्नेमा जोड दिनु भयो । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जिल्लाका ५ पालिकामा नेतृत्व हात पारे पनि समग्रमा पाटीको स्थान वलियो हुन नसकेको भन्दै विगतका कमी कमजोरीलाई सुधार गरी अगाडी वढन सकेमा आँउदो संघ र प्रदेशको निर्वाचनमा पाटीले विजय हासिल गर्ने उहाँले वताउनु छ । यसै गरी कार्यक्रममा लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष गणेश वहादुर क्षेत्रीले समुदायस्तरसम्म पुगेर सेवा गर्दै आएका सामुदायिक संघ संस्थाहरुको महत्व पाटीले वुझ्न नसकेको कारण कांग्रेस कमजोर भएको भन्दै सामाजिक संघ संस्थाहरुसंगको सम्वन्धलाई वलियो वनाउन आह्वान गर्नु भयो ।
पाटीको सवल पक्षहरु, पाटीले गत स्थानीय निर्वाचनमा गरेका कमजोरीहरुका साथै भविस्यमा अवलम्वन गर्नुपर्ने रणनीतिवारे डिएलए पर्वतका उपाध्यक्ष लिलानाथ सुवेदी, सचिव हरिनारायण रेग्मी, सदस्य रमेश शर्मा, सदस्य मोहन वास्तोला, सदस्य डिल्लीराम पौडेल, सदस्य अमृत चापागाई लगायतले आफ्नो धारण राख्नु भएको थियो । यसै गरी अन्तरक्रियामा लोकतान्त्रिक गैसस महासंघका उपाध्यक्ष भवानी प्रसाद शर्मा, सचिव उत्तम प्रसाद अधिकारी, सदस्य कृष्ण प्रसाद शर्मा, नारायण प्रसाद प्रसाई, खिममायाँ पाईजा गिरी लागयतले भातृ तथा सुभेच्छुक संस्थासंगको अन्तरक्रिया राख्नु स्रहानीय पक्ष भएको भन्दै प्राप्त सुझावलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।
शुभेच्छुक संस्थाका प्रतिनिधीहरुको भनाइ पश्चात प्राप्त गुनासाहरुलाई पाटीका पदाधिकारीहरुले संवोधन गर्नु भएको थियो । सुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधीहरुवाट प्राप्त सुझावहरुको संवोधन गर्दैै नेपाली कांग्रेसका उपसभापति चुडामणी शर्माले डिएलए तथा फेडेनवाट अत्यन्त महत्वपुर्ण सुझावहरु प्राप्त भएको भन्दै यि सुझावहरुलाई पाटीले संवोधन गर्ने वताउनु भयो । यसै गरी कांग्रेस पर्वतका जिल्ला सचिव गुप्तनिधी शर्माले विगतको निर्वाचनमा गठवन्धन सम्वन्धि अनुभवमा कमी भएको कारण अपेक्षित सफलता हात पार्न नकसेको भन्दै आगामी निर्वाचनमा राम्रो परिणाम ल्याउन सकिने वताउनु भयो । यसै गरी अन्तरक्रियामा कांग्रेस पर्वतका सहसचिव एवम् प्रवक्ता अज्यूत तिवारीले तुलनात्मक रुपमा डिएलए तथा फेडेनसंगको अन्तरक्रिया उपलव्धीमुलक भएको भन्दै वितेका कमजोरीवाट सिक्दै भविस्यमा सुधार गर्नुपर्ने वताउनु भयो । यसै गरी पाटी सहसचिव तिलक भुषालले भातृ तथा सुभेच्छुक संस्थामा विद्यमान क्षमता, दक्षता र अनुभवलाई उपयोग गर्न सके कांग्रेस कहिल्यै पराजीत हुनु नपर्ने वताउनु भयो ।
अन्तरक्रिया कार्यक्रम नेपाली कांग्रेस पर्वतका उपसभापति डाक्टर चुडामणी शर्माको अध्यक्षता, सहसचिव तिलक भुषालको स्वागत एवम् सचिव गुप्तनिधी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । भातृ तथा सुभेक्षुक संस्थाहरुको छलफल पश्चात नेपाली कांग्रेस पर्वतले २८ साउनमा स्थानिय निर्वाचनको वारेमा जिल्लास्तरिय समिक्षा कार्यक्रमको आयोजना गरेको छ ।









