२२ साउन
पर्वत । सैमिकोट भिरकुना सामुदायिक बन उपभोक्ता समुहको ३५ औ साधारण सभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ । उक्त भेलालाई कुश्मा नगरपालिका वडा न २ का वाडा अध्यक्ष लालकृष्ण शर्मा बास्तोलाले सम्वोधन गर्दै सामुदायिक वन भित्रका खाली ठाउमा रुख रोपि भुक्षय तथा पहिरो जानबाट जोगाउन आग्रह गर्नु भयो । विगत वर्षमा वडा नं २ का धेरै स्थानमा पहिरो गई धेरै घर विस्तापित भएकाले त्यस तर्फ सवैको ध्यान जानुपर्ने वताउनु भयो ।
उक्त साधारण सभामा विपन्न तथा जेहेन्दार ५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको थियो । सामुदायिक वनवाट ऋण लगेर सहि सदुपयोग गरि जिविकोपार्जन गर्ने तरकारी खेति र पशु पालन तर्फ एक,एक जना लाई नगद पुरुस्कार प्रदान गरिएको थियो । कार्यक्रममा पुर्ब पदाधिकारि जमुना रेग्मी र सीता दर्जी जनालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । वाडा नम्बर २ खुरकोट बाट हालै निर्बाचित जनप्रतिनिधि लाई बधाई तथा सम्मान गरिएको थियो ।
उक्त भेलाको सभापतित्व अध्यक्ष भिमनिधि रेग्मीले गर्नु भएको थियो । सन्चालन सचिव देबेन्द्र प्रसाद रेग्मीले र स्वागत जानुका जिसिले गर्नु भएको थियो ।उक्त भेलामा कोषध्यक्ष मोहन प्रसाद बास्तोलाले आ.ब.०७८/०७९को आम्दानी तथा खर्च बिबरण पेस गर्नुभएको थियो ।









