३२ असार
दमौली। तनहुँमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ।
शनिबार दिउँसो व्यास नगरपालिका वडा नं -२ सेरास्थित घाँसिकुवाबाट फराकचौरतर्फ जाँदै गरेको मायाँ युनिभर्सल एकेडेमीको ग १ क २६८३ नम्वरको बस र घाँसीकुवातर्फ आउँदै गरेको ग १५ प ६५०४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडी सवार व्यास -११ निवासी २३ वर्षीय विक्रम सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकलका चालक व्यास -११ का सुजन सुनार घाइते भएका छन्। उनको हाल दमौली अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त छ। हाल बस र बसका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको प्रवक्ता खड्काले गण्डक न्युजलाई जानकारी दिए।









