असार १२
पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटले स्थानिय निर्वाचन २०७९ को समिक्षा गरेको छ । स्थानिय तहको निर्वाचन सम्पन्न भए पछि वसेको वडा समितिको औपचारीक वैठकले निर्वाचनामा भएका गतिविधिहरुको वारेमा समिक्षा गरेको हो ।
उक्त समक्षिा वैठकलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सचिव गुप्तनिधि शर्माले राष्ट्रिय रुपमा पार्टीले लिएको निति अनुरुपम जिल्लामा पनि पांच दलिय गठवन्धन संग सहकार्य गरेर चुनावमा गएको धारणा राख्नु भयो । जिल्ला पार्टी गठवन्धन गर्ने कि नगर्ने भन्ने विषयमा स्वतन्त्र हुदाहुदै पनि विगतको निर्वाचन २०७४ सालको मतको आकलन गर्दा पैयु गाउंपालिका वाहेक अरु जित्न सक्ने स्पष्टखाका नभएकाले सवैको सुझावको आधारमा गठवन्धन गरिएको धाराणा राख्नु भयो । वडाको निर्वाचनमा खट्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । पार्टीले गरेको गठवन्धनमा हामी सवै ईमान्दारीता भएको भए खुर्कोटमा एउटा सदस्य गुमाउन पर्ने थिएन । उम्मेदवारको व्यक्तिगत लोकपृयता,गठवन्धनको ईमानदारिता लगायतले स्थानिय निर्वाचनमा प्रभाव पारेको वताउनु भयो ।

कुश्मा नगरका उपसभापती राजन जोशीले पार्टीको स्थानिय तह निर्वाचनमा कुश्मा नगरपालिकामा पार्टीको वहुमत प्राप्त नभए पनि खुर्कोटमा पार्टीले चाहे अनुरुप उम्मेदवारहरु विजयी वनाउन सफल भएकोमा खुशि व्यक्त गर्नुभयो । आगामी निर्वाचनमा पनि सवैएकजुट भई लाग्नका लागी अनुरोध गर्नु भयो ।

कार्यक्रममा न्यून उपस्थिति रहको थियो । ५१३ जना कृयाशिल सदस्य भएको खुर्कोटमा समिक्षा वैठकमा धेरैको उपस्थिति नहुदा सोचे जस्तो छलफल नभएको उपस्थित वक्ताहरुले वताएका थिए । उम्मेदवार छनौटमा व्यापक छलफल गर्नुपर्ने,सदस्य छनौटमा पाईभेग मिलाउनुपर्ने,खुर्कोटमा गठवन्धन नै गर्न नहुने गरिहालेमा खुला सदस्य भन्दा दलित, वा महिला सदस्य दिनुपर्ने,टिकट नपाएका साथीहरु संग समयमा नै व्यापक छलफल गर्नुपर्ने,वाहिरा रहेका भोटरहरु सवैलाई समयमा नै ल्याउन सवै लाग्नुपर्ने,अनिवार्य जिम्मेवारीले जानुपर्ने कर्मचारी वाहेक निर्वाचन गराउन जाने कर्मचारीहरुलाई रोक्नुपर्ने,भेगिय नारालाई समयमा नै छलफल गर्नुपर्ने,एकअर्का विच अनाआवश्यक शंका गर्न नहुने लगायतका सुझावहरु पेश गरेका थिए ।

गठवन्धनको प्यानल मत वाहेक १५० मत अन्य चिन्हमा मतदान गर्नेहरुलाई पार्टीले पहिचान गरि कार्वाही गर्नु पर्ने सुझाव समेत पेश गरेका थिए । निर्वाचनमा विजयी भएपछि पनि भोट कम आएको विषयमा टोल भेगलाईनै असर पर्ने गरि कुरा गर्न नहुने समेत छलफल भएको थियो ।

उक्त समिक्षा कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य शान्ति शर्मा कुमाल,पूर्व वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला, कर्मचारी युनियनका केन्द्रिय सदस्य तेजेन्द्र पौडेल,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादुर क्षेत्री,जन प्रतिनिधिहरु भिमनिधि रेग्मी,गिता शर्मा,निरुता परियार,कुश्मा नगर समिति पूर्वसदस्य कालिका प्रसाद शर्मा लगातय क्षत्रिय प्रतिनिधिहरु,कृयाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त समिक्षा कार्यक्रमको अध्यक्षता खुर्कोटका वडा सभापती तिर्थ प्रसाद शर्माको अध्यक्षता र संचालन सचिव गोविन्द रेग्मीले गरेका थिए ।
स्थानिय तह निर्वाचन २०७९ मा खुर्कोटमा नेपाली कांग्रेस वाट वडा अध्यक्ष सहित ४ जना निर्वाचित भएका छन् ।