११ असार

पर्वत । पर्वतका ६ स्थानीय निकायले आर्थिक बर्ष २०७९/०८० का लागि आफ्नो निति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । फलेवास नगर कार्यपालिकामा एमालेको बहुमत सदस्यको दम्भ देखाउँदै आफुहरुले तोकेका योजनालाई प्राथमिकतामा राख्नुपर्ने अडान लिएपछि निति, कार्यक्रम र बजेट रोकिएको छ । नगरप्रमुख गंगाधर तिवारीले घोषणापत्रमा उल्लेख गरेको नगरबस सञ्चालनको योजना र करमा २५ प्रतिशत घटाउने निर्णय कार्यपालिकाबाट रोक्न खोजेको नगरका प्रवक्ता एवं ४ नम्बर वडाका अध्यक्ष अच्युत तिवारीले बताए ।

फलेवासमा करिव एक अर्व ३ करोडको बजेट ल्याउने तयारी छ । बजेट वाडफांडमा कुरा नमिल्दा कुश्मा नगरपालिकाको बजेट सार्वजनिक गर्न ढिला भएको थियो । कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले योजना तथा बजेट वाडफांडमा नगरप्रमुखसरहकै हैसियत नपाएको भन्दै बजेटमा असहमति जनाएपछि कार्यक्रम केहि घण्टा स्थगित भएको थियो । कुश्माले ८९ करोड ९० लाखको बजेट सार्वजनिक गरेको छ ।

कृषिमा व्यवसायिकरण, फलफुल खेती, उत्पादनमा अनुदान लगायतलाई प्राथमिकतामा राख्दै पर्वतका स्थ्ँँनीय तहहरुले भने आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेका छन् । पर्वतको जलजला गाउपालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राख्दै ४९ करोड ६५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ ।

जिल्लामै सबैभन्दा धेरै बेमौषमी तरकारी उत्पादन हुने जलजलालाई कृषिबाटै आत्मनिर्भर बनाउनेगरि घोषणापत्र ल्याइएकोमा सोहि बमोजिम बजेटमा प्राथमिकता दिइएको अध्यक्ष राजु आचार्यले बताए । मोदी गाउपालिकाले पुरानै कार्यक्रमलाई निरन्तरता दिदै ७३ करोड ५२ लाख ५३ हजार ९ सय ४४ रुपैयाको बजेट सार्वजनिक ग-यो ।

बिहादी गाउपालिकाले कृषिको व्यवसायिकरणमा लाग्ने किसानहश्रलाई उत्पादनमा आधारित अनुदान बितरण गर्नेगरि बजेट ४३ करोड ४० लाख १३ हजारको बजेट सार्वजनिक गरेको छ । पैयु गाउपालिकाले ४२ करोड ४७ लाख ६४ हजार पचसय रुपैया“को बजेट सार्वजनिक ग-यो । महाशिला गाउपालिकाले ४० करोड ३२ लाख ८३ हजारको बजेट सार्वजनिक गरेको छ । शिक्षाको गुणस्तरमा कमी आएकै कारण बसाइसराई बढेकोप्रति मध्येनजर गर्दै हरेक वडामा कम्तिमा एउटा गुणस्तरिय शिक्षा सहितको आवाशिय विद्यालय खोल्ने बजेटमा उल्लेख छ । कृषि, पशु, उत्पादनमा अनुदान लगायतका पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।