७ असार
पर्वत । कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटका मृगौला पिडितलाई सहयोग हस्तान्तरण गरिएको छ । साबिक खुरकोट ९ हाल निवासी जुना कुमारी रेग्मीको उपचारका लागी ५० हजार हस्तान्तरण गरिएको हो । जुना कुमारी रेग्मी विगत एक वर्ष देखी दुवै मृगौला फेल भएर साप्ताहिक डायलसिस गरेर उपचार गरिरहनु भएको छ । मृगौलाको उपचार गर्दा गर्दै मुटुमा समेत समस्या देखिएको छ ।
आर्थिक अवस्था कमजोर भएका रेग्मी परिवारका लागी ५० हजार ठुलो सहयोग भएको छ । उक्त सहयोग रकम कुश्मा नगरपालिका वडा न २ का वडा सदस्य भिमनिधि रेग्मी,खुर्कोटका पूर्व अध्यक्ष मिन वहादुर रेग्मी र चन्द्र कुमारी रेग्मीले जुना कुमारी रेग्मीका श्रीमान चेत वहादुर रेग्मीलाई हस्तान्तरण गर्नु भएको थियो ।
रोजगारीको शिलशिलामा कतार गएका कुश्मा नगरपालिका वडा न २ खुर्कोटका प्रेम कुमार जि सीको पहलमा उक्त रकम संकलन गरिएको थियो । उक्त रकम कतारमा रहेका दुर्गा भुजेल, वाला अदै,झ्यान निरौला , प्रेम श्रेस्ठ , भुप्रसाद लगायतका साथिहरुले सहयोग गरेका थिए ।
४२ वर्षिय रेग्मीको उपचारमा थप सहयोग पुगोस भनेर उक्त रकम हस्तान्तरण गरिएको विनोद रेग्मीले वताउनु भयो । रेग्मी परिवारमा ससाना २ छोराहरु छन भने एक छोरिको विवाह भैसकेको छ । घरमा खेती किसान गरेर जिविकोपार्जन गर्दै आएका रेग्मी परिवारमा उपचारका लागी आर्थिक अभाव रहेको छ । सहयोगी दाताहरुलाई थप सहयोगका लागी जुना देवी रेग्मीका श्रीमान चेत वहादुर रेग्मीले अनुरोध गरेका छन् । बिदेशमा रहेर पनि आफ्नो छाक काटेर सहयोग गरेकोमा प्रेम कुमार सहित अन्य साथिहरुलाई उहांले धन्यबाद ब्यक्त गर्नुभएको थियो ।









