५ असार
पर्वत । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा। आरजु राणा देउवा असार ७ गते पर्वत आउनुहुने भएको छ । केन्द्रीय सदस्य देउवा सहित नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरूङ पनि पर्वत आउने कार्यक्रम तय भएको छ । नेपाली कांग्रेस पर्वतले केन्द्रिय सदस्य आरजु राणा देउवाको प्रमुख आतिथ्यतामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसवाट विजयी जनप्रतिनिधिहरुलाई वधाई तथा शुभकामना दिने कार्यक्रमको तयारी गरेको जिल्ला सचिव गुप्तनिधि शर्माले जानकारी दिनुभयो ।
विभिन्न जिल्लाको राजनीतिक भ्रमणमा निस्किएकी देउवाले काँग्रेसको सांगठनिक अवस्था वारे काँग्रेस कार्यकर्तासँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ ।
नेपाली काँग्रेस पर्वतले विपि स्मृति भवनमा ७ गते आयोजना गरेको कार्यक्रममा जिल्लाका सातै स्थानीय तहका जनप्रतिनिधिहरू, पार्टीका अगुवा कार्यकर्ता, पार्टीका भातृ तथा सुभेक्षुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र तरूणहरूको सहभागिता हुने वताइएको छ ।









