५ असार

चितवन । नारायणगढ– मुग्लिन सडकखण्डमा गुडिरहेको स्कुटर र मोटरसाइकलमा पहिरो खस्दा तीन जना घाइते भएका छन्।

शनिबार चितवनको इच्छाकामना गाउँपालिका ६ तोपेखोलास्थित नाम्सीपुल नजिक गुडिरहेको बेला माथिबाट सुख्खा पहिरो खस्दा तीन जना घाइते भएका हुन्।

स्कुटरमा सवार दुई जना र मोटरसाइकलमा सवार एक जना घाइते भइको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक सामान्य घाइते भएर घरतिर हिडेको तथा लु ८८ प २७४ नम्बरको स्कुटरमा सवार भरतपुर ७ बस्ने ३२ बर्षकी एन्जिला गुरुङ र सोही स्कुटरको पछाडि बस्ने ३८ बर्षकी सरला भण्डारीलाई उपचारका लागि भरतपुर ल्याइएको प्रहरीले जनाएको छ।

उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । खसेको पहिरो समेत पन्छाई सडक भने अहिले दुईतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।