३० जेठ
बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध मानव बेचविखन र बालयौन दुव्र्यवहार गर्न नहुने कसुरमा अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर ‘अनुसन्धान प्रतिवेदन’ सरकारी वकिल कार्यालयमा बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
कपिलवस्तु घर भएका पाण्डेले २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता पछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा बलात्कार गरेको पिडित युवतीको आरोप छ । तर, पाण्डेले अनुसन्धान अधिकृत र सरकारी वकिलसँग सो आरोप अस्विकार गरेका छन् । प्रहरीसँग उनले भनेका छन्,‘मलाई आरोप लगाएर भिडियो सार्वजनिक भएपछि प्रहरीमा हाजिर हुन खोजेको थिएँ, मैले केही पनि गरेको होइन् ।









