२४ जेठ
पोखरा । कास्कीको पोखराको महानगरपालिका–२५ हेम्जामा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन्।
सोमबार राति नौडाँडाबाट पोखरातर्फ जाँदै गरेको ग १० प ७६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय अक्षयराज कुँवरको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो । यस्तै, गम्भीर घाइते भएका ३५ वर्षीय दिलिप कुँवरको सोही अस्पतालमा उपचार भइरहेको छ।
मोटरसाइकलमा सवार २ जना मध्ये चालक को हुन् भन्ने खुल्न सकेको छैन।









