१२ जेठ
पर्वत । कुश्मा नगरपालिका वडा न २ का वडाअध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले पदभार ग्रहण गरेका छन् । वास्तोला संगै ४ जना वडा सदस्यहरुले समेत पदभार ग्रहण गरेका छन् ।

वडा अध्यक्ष शर्माले प्रतिवद्धता पत्रमा घोषणा गरे वमोजिम वडाका सुत्केरी महिलाहरुलाई ३ हजार वरावरको पोषण सामाग्री उपलव्ध गराउने निर्णयमा हस्ताक्षर गरेका छन् । विपन्न परिवारमा सुत्केरी महिला र नवजातशिसुको पोषणमा कमी नहोस भन्नका लागी उक्त निर्णय गरेको जानकारी दिए । २ वटा सम्म वच्चा जन्माउने सुत्केरी महिलालाई उक्त पोषण सामाग्री उपलब्ध गराईने छ । सामाजिक सुरक्षा भत्ता घर घरमै लैजाने निर्णय समेत गरेका छन् । नगरपालिका भित्र वैंकिङ प्रणाली मार्फत वितरण हुँदै आएको भत्ताका कारण जेष्ठ नागरिकहरुले सास्ती व्यहोरेको भन्दै जनप्रतिनिधिहरु र कर्मचारीहरुको समन्वयमा घर–घरमै भत्ता पुराउने निर्णय गरेको वडाअध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले जानकारी दिए ।

त्यसै गरि प्रतिवद्धतपत्रमा उल्लेख भएको निर्माणधिन एकघर १ धाराको कार्य छिटै सम्पन्न गर्ने निर्णय समेत गरेका छन् ।
उक्त पदभार ग्रहण कार्यक्रममा निवर्तमान वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला,सदस्यहरु कालिभक्त शर्मा,शान्ति शर्मा कुमाल,माया दर्जी र दल वहादुर क्षेत्रीलाइ दोसल्ला ओढाएर सम्मान पत्र सहित विदाई गरिएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रशासकिय अधिकृत कुमानसिंह गुरुङ, वडा न २ का उप विजेता मिन वहादुर रेग्मी,निवर्तमान वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नव निर्वाचित वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव हरी रेग्मीले संचालन गरेका थिए ।
वडा न २ मा नेपाली कांग्रेसको तर्फबाट ४ जना र १ जना एमाले वाट निर्वाचित भएका छन् । पदभार ग्रहण कार्यक्रम पछि वडा कार्यालयले वडामा गरिने सवै गतिविधिहरु पारदर्शी रुपमा संचालन गरिने जानकारी दिए ।









