१२ जेठ

पर्वत । कुश्मा नगरपालिका वडा न ८ का वडाअध्यक्ष सुरेन्द्र के सीले पदभार ग्रहण गरेका छन् । के सी संगै वडा सदस्यहरुले समेत पदभार गरेका छन् ।
वडा कार्यालयले पदभार ग्रहण गरेसंगै पहिलो निर्णय विपन्न तथा गरिव पहिचान गरी १५ देखी २० हजार कृयाखर्च उपलव्ध गराउने निर्णय गरेका छन् । जस्को घरपरिवारमा कृयाखर्च गर्न समेत ऋणलिनु पर्ने अवस्था छ भने तेस्तो परिवारलाई आर्थिक सहयोग उपलव्ध गराउने अध्यक्षले जानकारी दिए । तेस्तै वडाका गर्भवती महिलालाई सुत्केरी हुनका लागी अस्पताल सम्म निशुल्क पु-याउने व्यवस्था मिलाउने वताए । सामाजिक सुरक्षा भत्ता घर घरमै लैजाने निर्णय गरेको छ । नगरपालिका भित्र वैंकिङ प्रणाली मार्फत वितरण हुँदै आएको भत्ताका कारण जेष्ठ नागरिकहरु वैंकमा लाईनमा बस्नुपरेको कुरालाई मध्य नजर गर्दै जनप्रतिनिधिहरु कर्मचारीहरुको प्रयासमा घर घरमै भत्ता पुराउने निर्णय गरेको वडाअध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए ।
वडा न ८ मा नेपाली कांग्रेसको तर्फबाट ५ जना उमेदवार नै विजयी भएका छन् । पदभार ग्रहण कार्यक्रम पछि वडा कार्यालयले वडामा गरिने सवै गतिविधिहरु पारदर्शी रुपमा संचालन गरिने जानकारी दिए । उक्त पदस्थापना कार्यक्रममा वडावासीको उल्लेख्य उपस्थिति रहेको थियो ।