पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ६ तिलाहारका विकास लामिछाने पक्राउ परेका छन् । जवरजस्ती करणीको आरोपमा मोदी ६ तिलाहारका ३७ बर्षिय लामिछाने पक्राउ परेका हुन् ।

उनले जवरजस्ती करणी गरेको आरोपमा एक युवतीले दिएको निवदेन उपर छानवीनका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जेठ ९ गते पिडित युवतीले आफूलाई करणी गरेको भन्ने उजुरी दिए लगतै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

क्राउ परेका लामिछानेलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।