२५ वैशाख
पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा संयुक्त बाम गठबन्धन तर्फका उम्मेदवारहरुलाई विजयी वनाउनका लागी तरुणदलले आयोजना गरेको मोटरसाईकल -यााली सम्पन्न भएको छ । खुर्कोटका तरुणहरुको उल्लेख्य उपस्थिति रहेको चुनावी सभालाई नेपाली कांग्रेसका जिल्ला सचिव गुप्तनिधि शर्माले संवोधन गरेका थिए । नेपाली कांग्रेसको केन्द्रिय समितिको निर्णय अनुरुप गठवन्धन गरेर स्थानिय चुनावमा जान लागेको हुदा गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन सवै मतदातालाई अनुरोध गरे । खुर्कोट कांग्रेसमा आप्नैखालको ईतिहास भएकाले त्यो ईतिहांसलाई कायम गर्न पुन एकपटक गठवन्धनलाई जिताएर देखाउनु पर्ने धारणा राखे । त्यसै गरि प्रदेश क पर्वतका सभापती राजकुमार क्षेत्रीले गठवन्धनप्रति कुनै शंका नगरी कांग्रेसजनहरुले मतदान गर्नु पर्ने वताए । विपक्षी पार्टीहरुले गठवन्धन फुटाउनका लागी अहिले पनि कांग्रेसले हसिया हतौडामा मतदान गर्दैनन भन्ने भ्रम सिर्जना गरेकाले त्यसलाई चिर्नका लागी पनि मतदान गर्नुपर्ने धारणा राखे । हमीहरुले भोट साट्ने हो हामीले केहि भोट दिए वापत हसीयाहतौडा वालाहरुले पनि हामीलाई भोट दिन्छन् । यो नितान्त चुनावी गठवन्धन भएकाले धेरै शंका नगर्न कार्यकर्तालाई अनुरोध गरे ।

कार्यक्रममा पूर्व क्षत्री सभापती गंगाधर पौडेल, वडा अध्यक्षका प्रत्यासी लालकृष्ण वास्तोला,खुला पुरुष उम्मेदवारका प्रत्यासी गोविन्द नेपाली ( गोपी ) लगायतले अत्याधिक मतका साथ गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका थिए ।

खुर्कोटको साविक वडा नं. २ अर्मादी वाट शुरु गरेको -याली वडा न ९ मा पुगेर लाम्पटामा समापन गरिएको थियो ।
तरुणदल खुर्कोटका सभापती सुर्य पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष सावीत्री शर्मा ( सानु ) ले र संचालन नगर कार्यसमिति सदस्य विवेक गिरीले गरेका थिए ।










