२१ वैशाख
पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा संयुक्त बाम गठबन्धन तर्फका उम्मेदवारहरुलाई विजयी वनाउनका लागी तरुणदलले मोटरसाईकल -यालीको आयोजना गरेको छ । खुर्कोटको साविक वडा नं. २ अर्मादी वाट शुरु गरेको -याली वडा न ५ लाम्पटामा समापन गरिएको थियो । तरुणदल खुर्कोटका अध्यक्ष सुर्य पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उल्लेख्य तरुणहरुको सहभागिता भएको थियो ।


युवाहरुको अभियानले खुर्कोट गठवन्धनका उम्मेदवारहरुलाई विजयी वनाउन उत्साह थपेको छ । युवा परिचालनमा उल्लेख्यभुमिका खेलेको तरुणदलले टोल भेला,मतदाता शिक्षा,घरदैलो कार्यक्रम लगायतमा साझेदारी गर्दै अगाडी वढेको तरुण दल खुर्कोटका अध्यक्ष सुर्य प्रसाद पौडेलले वताए । आगामी वैशाख ३० गते सम्पन्न हुने चुनावमा नेपाली कांग्रेस लगायतका गठवन्धनका उम्मेदवारहरुलाई विजयी वनाउन लागी १ वुथ १ सय युथको तयारी गरको छ ।


नेपाली कांग्रेस लगायतका गठवन्धन दलका उम्मेदवारहरुको घरदैलो कार्यक्रम खुर्कोटका साविक वडा नं ३ देखी ९ सम्म सम्पन्न भएको छ । घरदैलोमा पुग्दा उम्मेदवारहरुलाई फुलको गुच्छाले स्वागत गरेका छन् । घरदैलोमा पूग्दा उम्मेदवारहरुले टोलका समस्या वुभ्mने गरेका छन् । चुनावमा विजयी भए पछि गर्नुपर्ने कार्यहरुको वारेमा घरदैलोमा नै पुगेर अन्तरकृया गरेका छन् । आज साविक १ र २ मा घरदैलो सम्पन्न हुदै छ ।
उक्त घरदैलो कार्यक्रममा वडा सभापती तथा चुनाव प्रचारप्रसार समितिका संयोजक तिर्थ प्रसाद शर्मा,नेपाली कांग्रेसका जिल्ला सदस्या शान्ति शर्मा कुमाल,सरस्वती शर्मा जिज्ञासु,गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि तथा पूर्व पार्टी सभापती कालिभक्त शर्मा,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादुर क्षेत्री,खुर्कोटका वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला,शिक्षक संघका जिल्ला सचिव यज्ञ प्रसाद वास्तोला,शिक्षक यूनियनका पूर्व सचिव वालकृष्ण वास्तोला,पार्टी वडा सचिव गोविन्द रेग्मी,पदम वास्तोला,सहसचिव निर्मल क्षेत्री लगायत,नेवि संघ, महिला संघ,टोलकार्य समितिका सभापतीहरुको उपस्थिति रहेको थियो ।