१८ वैशाख
पर्वत । नेपाली काँग्रेस पर्वतको हितमा काम गर्न पर्वतका उम्मेदवारहरु प्रतिबद्ध भएका छन् । नेपाली काँग्रेस पर्वतको आयोजनामा भएको बधाइ,शुभकामना तथा प्रतिबद्धता ब्यक्त कार्यक्रममा बोल्दै आसन्न स्थानीय तहको निवार्चनका उम्मेदबारहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
प्रतिबद्धता ब्यक्त गर्दै कुस्मा नगरपालिकामा मेयरका उम्मेदवार रामचन्द्र जोशीले नेपाली काँग्रेसबाट टिकट प्राप्त गरेका कारण आफुले अबको कार्यकालमा विगत भन्दा थप सिर्जनशिल रुपमा पर्वत काँग्रेसका कार्यकर्ताहरुको संरक्षणमा रहनेगरि काम गर्ने बताए । उनले प्रत्यक जनप्रतिनिधिहरु निवार्चनमा विजयीभइ सकेपछि पार्टीप्रति जवाफदेहि हुनुपर्ने सुझाव दिएका छन् । विगतमा कुस्मा नगरपालिकामा नेपाली काँग्रेस अल्पमतमा परेका कारण सोच अनुसार सबै काम गर्न प्रयास गरे पनि नसक्को भन्दै अब बहुमत सहितको नगरपालिका बनाउन मतदानको अपेक्षा गरेका छन् ।
यस्तै पार्टी सचिव समेत रहेका महाशिला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अशोक उचै ठकुरीले काँग्रेस पार्टीबाट टिकट पाइसके पछि काँग्रेसका कार्यकताहरुको काममा बिशेष ध्यान दिनुपर्ने धारण राखेका थिए । उता,पैयुँ गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार एवंम नेपाल तरुण दल पर्वतका जिल्ला अध्यक्ष तोरण मल्ल ठकुरी राज र उपाध्यक्ष पदका उम्मेदवार जानकी प्रधानले आफ्नो सबै कार्यकाल नेपाली काँग्रेसको निर्देशन अनुसार सफल बनाइ छाड्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । सबै जनप्रतिनिधिहरुले सो अवसरमा पार्टी सभापति युजराज जोशीलाई अवसर दिएको भन्दै प्रसंसा गरेका थिए ।
नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वपार्टी सभापति खिमप्रसाद भूषाल,जिल्ला उपसभापति डा.चुणमणि शर्मा र सचिव गुप्तनिधि शर्माले बोलेका थिए । सबै पालिका र वडाका उम्मेदवारहरुलाई जिल्ला सभापति युवराज जोशी र कार्यसमिताले उनीहरुलाइ फुलमाल र दोसल्लाले सम्मान गर्दै विजयीको आर्शिवाद दिएका थिए ।









