१६ वैशाख
पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा संयुक्त बाम गठबन्धनको तर्फका उम्मेदवारहरुलाई विजय वनाउनका लागी विभिन्न समितिहरु गठन भएका छन् । हिजो वेसको वडा कार्य समितिको वैठकले वडा सभापती तिर्थ प्रसाद शर्माको अध्यक्षतामा २१ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । जस्मा टोल कार्य समितिका सभापतीहरु पदेन सदस्यको रुपमा रहेका छन् । कोषाध्यक्ष रेणु जोशीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरको छ । गणेश वहादुर क्षेत्रीको संयोजकत्वमा वडाको प्रतिवद्धता पत्र लेखन समिति गठन भएको छ । सदस्यहरु सचिव गोविन्द रेग्मी र देवराज पौडेल रहेका छन् । महिला संघका सभापती भगवती शर्माको संयोजकत्वमा महिला परिचालन समिति गठन गरिएको छ । तरुणदलका वडा सभापती सुर्य प्रसाद पौडेलको संयोजकत्वमा युवा परिचालन तथा वुथ संरक्षण समिति गठन गरेको छ । जस्मा साविक ९ वटै वडाका २ सय ११ जना युवाहरु सदस्यरहेका छन् । १ वुथ १ सय यूथ भन्ने अवधारणा वमोजिम खुर्कोटको हिमलय मा वि केन्द्र र छिपछिपे मा वि केन्द्रको सुरक्षाका लागी युवाहरुको परिचालन गरिने वडा सचिव गोविन्द रेग्मीले जानकारी दिए ।
वडा सभापती तिर्थ प्रसाद शर्माको अध्यक्षतामा भएको वैठकले साविक वडा नं. ९ को कोतकालिका मन्दिरको दर्शन गरेर १८ वैशाख वाट घरदैलो भेटघाट कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । वडामा नेपाली कांग्रेस सहितको गठवन्धनलाई विजयी वनाउनका लागी वडा स्थित भातृ,शुभेक्षुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु परिचालन गर्ने अर्का सचिव पदम वास्तोलाले जानकारी दिए ।
उक्त वैठकमा नेपाली कांग्रेसको तर्फवाट वडा अध्यक्षका उम्मेदवार लालकृष्ण वास्तोला,सदस्यहरु भिमनिधि रेग्मी,गिता शर्मा ,निरुता परियारको उपस्थिति रहेको थियो ।









