८ वैशाख
लायन्स क्लव अफ पर्वत गुप्तेश्वरको अध्यक्षमा कल्पना कुमारी शर्मा निर्वाचित हुनुभएको छ । वार्षिक साधारण सभा तथा पाचौं अधिवेशन बाट वर्ष २०२२/२३ को लागी शर्मा निर्वाचित हुनुभएको हो । लायन अर्जुन पौडेल निर्जनको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभा तथा अधिवेशन बडागाँउमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि डिष्टिक ३२५ I का नवनिर्वाचित प्रथम उपाध्यक्ष लायन चन्द्र कुमार के।सी। ज्युले गर्नुभयो । उक्त कार्यक्रमको संचालन क्लव सचिव लायन गणेश पौडेल र स्वागत मन्तव्य उपाध्यक्ष लायन कल्पना कुमारी शर्माले गर्नुभएको थियो । कार्यक्रममा अतिथि पर्वत उधोग बार्णिज्य संघ का अध्यक्ष तथा क्लवका आजीवन सदस्य गोपी अधिकारी , अतिथि लायन्स क्लव अफ कुश्मा सिटिका संस्थापक अध्यक्ष सरस्वती भण्डारी , विशिष्ट अतिथिहरु जोन चियर पर्सन यामप्रसाद शर्मा , सिनियर एडभाइजर मुना शर्मा लामिछानेले शुभकामना मन्तव्य दिनुभयो । आर्थिक प्रतिवेदन कोषाध्यक्ष डम्वर गिरी , वर्ष भरी क्लवले गरेका कार्यहरुको वार्षिक प्रतिबेदन क्लव सचिव म गणेश पौडेलले प्रस्तुत गरेको थिए । प्रथम उपाध्याक्ष डासीराम अधिकारी दितीय उपाध्यक्ष धनराज वि पौडेल तृतीय उपाध्यक्ष कृष्ण मल्ल सचिवमा सुभन्त पौडेल कोषाध्यक्ष मा येम मेधासी LCIFचियर पर्सन ज्ञानुश्रेष्ठ क्लब मार्केटिङ चियरपर्सन आशिष पौडेल क्लबका डाइरेक्टर मा नरेश क्षेत्री कृष्ण गिरी रामु पौडेल विष्नु श्रेष्ठ निर्वाचित हुनुभएको छ ।









